दुप्चेश्वरमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता
नुवाकोट : प्रसिद्ध दुप्चेश्वर महादेवको दर्शन गर्न गएकी एक वृद्धालाई सोमबार खोलाले बगाएको छ। दुप्चेश्वर गाउँपालिका–६ करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शनका लागि पुगेकी सुर्यगढी गाउँपालिका-३ चोकदे घर भएकी ७३ वर्षीया होम कुमारी अधिकारी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार छोरासंगै दुप्चेश्वर पुगेकी वृद्धा अधिकारी खोलामा स्नान गर्ने क्रममा तादी खोलाले बगाएको हो। उनको स्थानीयवासी, सर्वसाधारण, आफन्त तथा परिवारजन, प्रहरीले खोजी गरिरहेका छन्।
दुप्चेश्वर मन्दिरमा प्रत्येक साताको सोमबार र शनिबार विशेष भीड लाग्ने गरेको छ।