कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रधानमन्त्री ओलीले विदेश जाने विषय संसद्लाई जानकारी गराउँदा माओवादी अवरोध नगर्ने

प्रधानमन्त्री ओलीले विदेश जाने विषय संसद्लाई जानकारी गराउँदा माओवादी अवरोध नगर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन सम्बोधन गर्ने भएपछि अवरोध नगर्ने भएको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले विदेश जाने विषय सदनलाई जानकारी गराउँदा संसद बैठक चल्न दिने बताएका हुन्।

उनले बैठकमा भने, ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रधानमन्त्री केपी शर्मा ओली विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं। सभामुखको विरोधमा छैनौं। हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं।’

आज दिउँसो १ बजे बस्ने नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका जाँदैछन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा त्यहाँ राख्ने एजेन्डाबारे सदनलाई सूसूचित गराउने भएकाले त्यसलाई अवरोध गर्न नहुने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो।  गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले भन्ने गरेको जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएपछि संसद्को अभिलेखबाट हटाउन माग उनीहरुले माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङ गरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न नदिएपश्चात बैठक स्थगित भएको थियो।

महासभाको मुख्य नारा ‘कसैलाई पनि पछाडी नछाड्ने : वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ रहेको छ। महासभालाई सम्बोधन गरेपछि उनले अमेरिकाकाअन्य स्थानमा हुने कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयले कार्यतालिका बनाएको छ।

आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूचीसमेत रहेको छ।  यसैबीच संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्यको सिफारिस भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.