प्रतिनिधि सभाको बैठक

प्रधानमन्त्री ओलीले संसदमा अमेरिका भ्रमणबारे जानकारी गराउँदै (Live)


काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउँदै छन्। 

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका जाँदैछन्।महासभाको मुख्य नारा‘कसैलाई पनि पछाडी नछाड्ने : वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ रहेको छ। महासभालाई सम्बोधन गरेपछि उनले अमेरिकाकाअन्य स्थानमा हुने कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयले कार्यतालिका बनाएको छ।
 

यता गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले भन्ने गरेको जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएपछि संसद्को अभिलेखबाट हटाउन माग उनीहरुले माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङ गरेपछि माओवादी केन्द्रले सदनको काम कारबाही अघि बढ्न दिएको थिएन। तर आजको बैठकमा प्रधानमन्त्रीले विदेश जाने विषय सदनलाई जानकारी गराउने भएपछि बैठकको सुरुवातमै माओवादी सांसद शक्ति बस्नेतले बोलेपछि संसद बैठक चलेको हो।

बैठकमा सांसद शक्ति बस्नेतले जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको भन्दै माओवादी जनयुद्धलाई हिंसाको रुपमा लिन नहुने बताएका हुन्। उनले माओवादी जनयुद्धलाई 'हिंसा' भनेर माओवादीको भूमिकालाई अपमानित गर्न नहुने धारणा राखे। जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रुपमा परिभाषीत गरेको भन्दै बस्नेतले उक्त तथ्यलाई सत्तापक्ष दलका सांसदहरुले उपेक्षा गर्दै जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गर्ने काम उपयुक्त नभएको जिकिर गरे। उनको भनाईपश्चात सदन सुचारु भएको हो।

आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूचीसमेत रहेको छ। 

यसैबीच संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्यको सिफारिस भएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.