मेटमणि चौधरीले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै सदनमा कारबाहीको माग

मेटमणि चौधरीले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै सदनमा कारबाहीको माग
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले राष्ट्रविरोधि दिएको अभिव्यक्तिप्रति संसद बैठकमा प्रश्न उठेको छ। सांसद् सूर्यप्रसाद ढकालले  आज प्रतिनिधि सभाको बैठकमा पूर्वमन्त्री चौधरीले एक टेलिभिजनमा आफ्ना विचार राख्दा कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी होइन, भारतको पर्छ, भारतको दाबी जायज हो भन्ने विचार राष्ट्र हित विपरीत भएको भन्दै कारबाहीको माग गरेका हुन्।

उनले उक्त अभिव्यक्ति संविधान विरोधी, देशद्रोही, राष्ट्रघाति र सार्वभौम सत्ताका विरुद्ध भएकाले संसदले गम्भीर लिनुपर्ने माग गरे। उनको अभिव्यक्तिलाई गम्भीर ढंगले लिएर देशद्रोहीको मुद्दा चलाउनुपर्ने ढकालले बताए। चौधरीले देशको अखण्डताविरोधी अभिव्यक्ति दिएको भन्दै ढकालले भने, ‘संविधानको अनुसूचीमा रहेको नक्साको विपरीत अभिव्यक्ति दिने उनलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ।’ 

उनको  गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई सदनले छानबिन गर्नुपर्ने ढकालको भनाई छ। उनले जस्तै जसपाका तत्कालीन सांसदले यस्तै अभिव्यक्ति दिँदा सांसदबाट हटाइएको र पार्टीले कारबाही गरेको ढकालले स्मरण  गराए। 

संविधानको अनुसूचीमा रहेको नक्साको विपरीत अभिव्यक्ति दिने उनलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ।

यस अगाडि उपमहासचिव चौधरीको अन्तर्वार्ता प्रशारण भएपछि नेकपा एकीकृत समाजवादीले पनि तीन दिने स्पष्टीकरण सोधिसकेको छ। बिहीबार महासचिव घनश्याम भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ। त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.