नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ
सुन्नुहोस्

ललितपुर : ललितपुर प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

ललितपुर प्रहरी परिसरले एक हजारका ११५ थान नक्कली नोटसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई ललितपुर बस्ने महेश रोक्कालाई पक्राउ गरेको हो।

भदौ २८ गते ललितपुरको धोविघाटमा चेकजाँच गर्दा प्रहरीले एक मोटरसाइकल चालकलाई एक हजार को एक थान नक्कली नोट सहित पक्राउ गरेको थियो। उनलाई सोधपुछ गर्ने क्रममा आफू पठाउ राइडर भएको र भक्तपुरबाट ललितपुरसम्म आउने क्रममा एक व्यक्तिले उक्त नोट दिएको बताएका थिए। उनको बयानप्रति विश्वस्त हुन नसकेपछि थप अनुसन्धान गर्दा उनकै कोठाबाट रंगीन फोटोकपी मेसिन र एक हजारका ११५ थान नक्कली नोट फेला परेको ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए। 

नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रोक्कालाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.