नगरपालिकामा सुरक्षित महिला आवास गृह सञ्चालन

नगरपालिकामा सुरक्षित महिला आवास गृह सञ्चालन
सुन्नुहोस्

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाले सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र (सुरक्षित महिला आवास गृह) सञ्चालनमा ल्याएको छ।

युरोपियन युनियन (ईयु)को आर्थिक सहयोगमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत युएनएफपिए एवं साथी संस्थाको समन्वय तथा प्राविधिक सहयोगमा उक्त सेवा केन्द्र सञ्चालनमा आएको हो।

विशेष गरी हिंसा पीडित, प्रभावित महिलाहरू, घरेलु हिंसा वा अन्य कुनै पनि प्रकारका यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसामा परेका महिलाहरूलाई सुरक्षित हुने हेतुले स्थापना भएको आवास गृहले अस्थायी संरक्षण र विभिन्न किसिमका सहयोग गर्ने गरेको आवास गृहका मनोविमर्शकर्ता बन्दना बमले बताइन्।

‘सबै प्रकारको हिंसा पीडित महिला, बालिका तथा किशोरीहरूका लागि पर्याप्त, सुरक्षित र संरक्षित वातावरणमा आवासीय हेरचाह सुविधा प्रदान गर्ने आवास गृहको उद्देश्य रहेको रहेको छ’ मनोपरामर्शकर्ता बमले भनिन्, ‘लैंगिक हिंसाबाट पीडितहरूलाई शारीरिक तथा मानसिक उपचार, कानुनी सहायता, मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेका छौं।’

पीडकलाई कानुन अनुसार सजाय दिलाउन पीडितहरूलाई सहयोग गर्ने र उनीहरूको न्यायमा पहुँच सुनिश्चित हुने वातावरण तयार गर्ने गरेका र त्यस्ता किसिमका प्रभावित व्यक्तिहरूलाई आवश्यकता अनुसार शिक्षा, सीप विकास, व्यावसायिक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम प्रदान गरी परिवार तथा समाजमा पुनर्स्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउने हाम्रो उद्देश्य रहेको उनले बताइन।

प्रभावितहरूका लागि सेवा केन्द्रमा आवास तथा भोजनको व्यवस्था हुने गरेको र उनीहरूलाई कुनै किसिमको बिरामी भए वा अन्य शारीरिक समस्या आए औषधि उपचारको समेत व्यवस्था रहेको मनोपरामर्शकर्ता बलले जानकारी दिइन्। प्रभावितहरूका लागि लत्ताकपडाको समेत व्यवस्था हुने गरेको उनले बताइन्।

नवलक्ष्मी बहुउद्देश्यीय महिला सहकारी संस्था लिमिटेडद्वारा २०६६ सालदेखि जिल्ला सदरमुकाम सिलगढीमा सञ्चालनमा रहेको सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रलाई गत असार १७ गतेदेखि नयाँ व्यवस्थापनका साथ दिपायल सिलगढी नगरपालिकाले सञ्चालन गरिरहेको छ।

नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएदेखि सेवाग्राहीहरू वृद्धि भइरहेका र अहिले दैनिक ५/६ जनाले सेवा लिइरहका सेवा केन्द्रले जानकारी दिएको छ। नगरपालिकाले सञ्चालन गरेको भएपनि जिल्लाभरीका प्रभावित व्यक्तिहरूले सेवा लिने गरेका छन्। दिपायल सिलगढी नगरपालिका-६ मा रहेको सेवा केन्द्रको आवास गृह मर्मतका लागि दिपायल सिलगढी नगरपालिकाले एक लाख रकम उपलब्ध समेत गराएको नगर प्रमुख बाजी सिंह खड्काले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.