अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ

अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

हेटौंडा : प्रहरीले ३१ लाख रुपैयाँ बराबरको अवैध सामानसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोष्टबाट भन्सार छलेर ल्याएको अवैध सामानसहित उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरुमा पश्चिम बंगाल मदेनिपुर जिल्ला ग्राम तमलुकका ३१ वर्षीय सदाम खान, पश्चिम बंगाल वंकुरा ग्राम रतनपुरका ३८ वर्षीय काली मुडी र पश्चिम बंगाल मदेनिपुर ग्रामका ३० वर्षीय जयदेव हेमराम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार हिजो भदौ ३० गते आइतबार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको डब्लुबी ४९ एन २१७८ नम्बरको भारतीय यात्रुबाहक बसलाई रोकेर चेकजाँच गरिएको थियो। सोही क्रममा बसको विभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली र चोरी पैठारी गरी ल्याइएको करिब ३१ लाख बराबरको अवैध सामान बरामद गरिएको हो। 

प्रहरीले चेकजाँचको क्रममा उक्त बसबाट लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मौज मस्ती ड्रोड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, नोमन लेखेको ग्यास लाइटर ५ थान, हिट लेखेको ग्यास लाइटर २ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, नोमन लेखेको किड १० थान, अरमान लेखेको किड २ थान, नोमन लेखेको ठुलो प्याकेट १० थान र पम्प ५ थान बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये सदाम खान र काली मुडी चालक हुन् भने जयदेव हेमराम सहचालक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.