बागमती प्रदेशसभाको बैठक असोज ६ गतेका लागि आह्वान

बागमती प्रदेशसभाको बैठक असोज ६ गतेका लागि आह्वान

हेटौंडा : बागमती प्रदेश सभाको बैठक असोज ६ गतेका लागि आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार असोज ६ गते दिनको १ बजे बैठक आह्वान गरिएको हो। 

गत साउन १६ गते विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो। 

बैठकमा प्रदेशसभा अन्तर्गतका विभिन्न संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहने छ। 

६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुने बुझिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.