नेपालको खराब ब्याटिङ, क्यानडासँग १०३ रनले पराजित

नेपालको खराब ब्याटिङ, क्यानडासँग १०३ रनले पराजित
तस्बिर : क्यान

नेपाली बलर सन्दीप लामिछानेले नेपालका लागि करण केसीपछि १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडे।

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको छ। सोमबार राति भएको खेलमा नेपालले खराब ब्याटिङ गर्दै ओडिआईमा क्यानडासँग पहिलो पटक पराजित भएको हो। 

किङ्ग सिटीमा भएको खेलमा घरेलु टोली क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १५० रन बनाउँदै अल आउट भएको हो।
नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए। त्यसैगरी सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन बनाए। 

ओपनर आसिफ शेखले २० रन, भीम सार्की ३० बलमा १८ रन, गुलसन झाले १५ रन, कुशल मल्ल १२ रन, दीपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ५ रन, कप्तान रोहित पौडेलले ५ रन, ओपनर कुशल भुर्तेल १ रन मात्र जोड्न सके।  

क्यानडाका डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। अन्श पटेल र अखिल कुमारले २/२ विकेट ,साद विन जाफरले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन जोडेको थियो। कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७३ रनको योगदान गर्दै अविजित रहे।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले २/२ विकेट, सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले १/१ विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.