स्कोरपिओमा १४६ किलो गाँजा, २ जना पक्राउ

स्कोरपिओमा १४६ किलो गाँजा, २ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरको बाटो भएर भारतको जोगवनीतिर जाँदै गरेको एउटा स्कोरपिओ गाडीभित्र करिब डेढ क्वीन्टल गाँजा फेला परेको छ। विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट को २ च ७५९ नम्बरको स्कोरपिओलाई प्रहरीले सोमबार राति ८:४५ बजेतिर नियन्त्रणमा लिएको थियो। स्कोरपिओभित्र १ सय ४६ किलो गाँजा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको साइडमा ६ वटा बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जानकारी उनले दिए। प्रहरीलाई देखेपछि स्कोरपिओ तीव्र गतिमा भागेको थियो।

नियन्त्रणमा लिने क्रममा स्कोरपिओले प्रहरीलाई ठक्कर दिएको छ। स्कोरपिओको ठक्करबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री सामान्य घाइते भएको डीएसपी बस्नेतले बताए। खत्रीलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ।

स्कोरपिओमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको संयुक्त टोली खटिएको थियो। स्कोरपिओभित्र गाँजा फेला परेपछि २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

डीएसपी बस्नेतका अनुसार गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको हो। उनका अनुसार नियन्त्रणमा लिएको स्कोरपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। 

प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो। कार चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियार पक्राउ परेका थिए। गाँजा लिएर जोगवनीतिर जाँदै गरेको कार प्रहरीले नियन्त्रणमा लिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.