इन्द्रजात्राको शुभकामना दिंदै राष्ट्रपतिले भने : यसले प्रकृति र मानवबीचको सम्बन्ध देखाउँछ

इन्द्रजात्राको शुभकामना दिंदै राष्ट्रपतिले भने : यसले प्रकृति र मानवबीचको सम्बन्ध देखाउँछ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको शुभकामना दिंदै यसले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्ध देखाउने बताएका छन्। राष्ट्रापति पौडेलले शुभकामना सन्देश जारी गर्दै इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति एवम् समृद्धिको कामना गरेका छन्।

 शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले भने,'यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।' 

राष्ट्रपति पौडेलले इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा परस्पर विश्वास, सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।'

उनले यस पर्वले नेपालीको मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गरी प्राकृतिक श्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न उत्प्रेरित गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.