धादिङको गजुरीबाट गाँजासहित तीनजना पक्राउ
धादिङ : धादिङको गजुरीबाट गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीले धादिङको गजुरी गाउँपालिका – ४ का ४३ वर्षीय वृद्धिलाल तामाङ तामाङ, सोहि वड़ाका ३२ वर्षीय सिताराम तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–१ का २४ वर्षीय शिशु योन्जनलाई २६ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुराकीको आधारमा गजुरी बजारबाट आइतबार राति १२ :४५ बजेतिर काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ४५२९ नम्बरको यात्रुवाहक बसबाट उनीहरूलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला अदालत धादिङबाट १२ दिन म्याद लिइ उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।