राजेन्द्र महतोको पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल

राजेन्द्र महतोको पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल
सुन्नुहोस्

काठमाडौं : बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन्।

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाइँका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको जन्म भएको घोषणा गरे।

उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दाबी गरे। राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको विभिन्न संस्कृतिहरूको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए।

महतोले लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सबैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको धारणा राखे। अहिले पनि अधिकार प्राप्तिको लडाइँका लागि एक हुन खोज्दा राज्यले एक हुन नदिएको उनको भनाइ छ। तीन दिनसम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्तिलगायतका एजेण्डामा छलफल हुने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.