पालिका अध्यक्षले बनाइदिए एकल महिलालाई पक्की घर

पालिका अध्यक्षले बनाइदिए एकल महिलालाई पक्की घर
सुन्नुहोस्

हेटौंडा : मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्। 

मनहरी-५ बसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहेकी सोनी राईलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो। 

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आएका छन्। सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको उनले बताए। 

सोनीको परिवारमा उनीबाहेक कोही छैनन्। ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन्। ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ। सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ। पानी चुहिन्थ्यो। हावाहुरीले समस्या पार्थ्यो। केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ। तपाईंहरु सबैको सहयोगले घर बन्यो, धेरै धेरै धन्यवाद’, सोनीले भनिन्।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरूले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए। ‘सोनी दिदीको अवस्था देखेर हामी निकै चिन्तित थियौँ। पढलेख गर्न पनि जान्नुहुन्न। ज्यालादारीबाट खानाको व्यवस्था गर्नुभएको छ। अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो’, स्थानीय शान्ता अधिकारीले भनिन्। 

अध्यक्ष कालाखेतीले आफूले निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधा बापतको खर्च जनताको सेवा समर्पित गर्दै आएको बताए। उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गरिने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.