सामसङको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक

सामसङको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : सामसङले ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक  गरेको छ। चाडपर्वको अवसर नजिकिँदै गर्दा प्रविधि र नवप्रवर्तनको विश्वको अग्रणीमा रहेको सामसङले आगामी कात्तिक ३० गतेसम्म ‘भव्य दशैं तिहार, घर भरि उपहार’ अफर ल्याएको हो। 

यो अफरले ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन पाउने छन्। यसैगरी चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेट टिभी सब्स्क्रिप्सन पाउने छन्। चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन्।

लगातार १८ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारहरू सहित क्यासब्याकहरू प्रदान गरेको छ। 

क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वा त्यो भन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले  पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन्। 

यो लाभको फाइदा उठाउन वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभी जडानका लागि नियमित स्थापना शुल्कहरू भने ग्राहकहरूले आफै तिर्नुपर्नेछ। आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य स्त्यन्डर्ड नियम र शर्तहरु पनि लागू हुनेछन्। 

साथै खरिद गरिएका टि, ए, बि, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ। यद्यपि यो वारेन्टी टिभी रिमोटहरूमा विस्तार गर्दैन। थप रूपमा, चुनिएका सामसङ टिभीहरू खरिद गर्दा, ग्राहकहरूले घरमा रिएल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्छन्।

यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि विस्तारित छ। ग्राहकहरूले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन्। साथै विशेष छुटसहित एआई इकोबबल वाशिङ मेसिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाश प्राप्त गर्न सक्नेछन्। 

यसबाहेक ८ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन्। सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनको डीआइटि मोटरमा प्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवाले गर्दा ग्राहकहरूलाई झन्झटमुक्त अनुभव लिन मद्दत गर्नेछ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ०% ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ। 

इन्स्टा फाइनान्स लोन लिनका लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ। थप रूपमा ग्राहकहरूलाई अर्को स्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ। 

विस्तृत जानकारीको लागि र ‘भव्य दशैं तिहार, घरभरी उपहार’ अफर मार्फत अफर गरिएका यी विशेष डिलहरूको फाइदा लिनका लागि आज नै नजिकैको सामसङ डिलरमा जान सकिने छ। 

यो योजना सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स-हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिका आधिकारिक वितरकहरूले नेपालभर उपलब्ध गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.