सिरहामा ३ जना हुण्डी कारोबारी पक्राउ, १४ लाख नगद बरामद

सिरहामा ३ जना हुण्डी कारोबारी पक्राउ, १४ लाख नगद बरामद
सुन्नुहोस्

सिरहा : हुण्डी सम्बन्धी कसुर गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेका १४ लाखभन्दा बढी रकम नगद, मोबाइल सेट र मोटरसाइकल पनि बरामद गरेको हो। प्रहरीले तीनै जनालाई शुक्रबार पक्राउ गरे पनि आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी मुक्तिनाथ सापकोटाले बताए। 

भारतबाट सीमावर्ती गाउँपालिका भगवानपुर चौक हुँदै  लहानतर्फ आइरहेको बेला गोप्य सूचनाका आधारमा सखुवानन्कारकट्टी गाउँपालिका-५ मा स ९ प ११६२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरू पक्राउ परेका छन्।

उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेको १४ लाख १९ हजार ८ सय ९० नेपाली र ४ सय भारतीय रुपैयाँ बरामद गरेको छ। उनीहरू चढेको मोटरसाइकल र तीन थान मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चालक मजित मियाँ आफ्नो कम्मरमा बाँधेको निलो रंगको पटुकाभित्र ८ लाख १४ हजार ८९० नेपाली रुपैयाँ र ४०० भारतीय रुपैयाँ राखेका थिए।

यस्तै सोही मोटरसाइकलको बीचमा सवार मो. अल्लाउदिन लगाएको आफ्नो पाइन्टको कम्मर निरको खल्ती २ लाख ४ हजार ५ सय नेपाली रुपैयाँ र पछाडि सवार अजय चौधरीले आफ्नो कम्मरमा बाँधेको सुन्तला रंगको पटुकाभित्र ४ लाख ५ सय नेपाली रुपैयाँ भेटिएको थियो। 

अदालतबाट हुण्डीसम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद लिएर यस विषय थप अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.