शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ : ओली

शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ : ओली
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक रहेका बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको बताएका हुन्। 

‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ। यसैगरी भएको लगानी र स्रोत साधनको प्रभावकारी एवम् रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ।’ शुभकामनामा भनिएको छ,‘सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण / प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थाहरूलाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्दछ। समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियताहरु लाग्नुपर्नेछ।’

शुभकामना सन्देशमार्फत ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसर वितरण गर्नुपर्नेमा जोड दिएका छन्। ‘समाजमा पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको अवसरको समान वितरण गर्नु एवम् प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह र अवसरमा हुने-असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य छ।’ उनले भनेका छन्,‘विद्यालय तहदेखि उच्च शिक्षासम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमुलक, रोजगारमुलक, सूचना र प्रविधिमा आधारित बनाई विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु आजको आवश्यकता हो।’

प्रधानमन्त्री ओलीले एसइईको आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापीरुपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको जानकारी गराएका छन्। भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको शुभकामना सन्देशमा उल्लेख छ। थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवम् स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने उनको भनाई छ। शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको ओलीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.