कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ।

मुख्यमन्त्री बन्दा उनलाई समर्थन गरेको दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु परेको हो। माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भदौ १४ गते फिर्ता लिएको थियो।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। कोशीमा प्रदेशसभामा दुई ठूला दलको गठबन्धन रहेकाले मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने अवस्था छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद र दोस्रो ठूलो दल कांग्रेससँग २९ जना सांसद छन्। 

माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.