बझाङमा ट्याक्टर दुर्घटना : चालकसहित दुईजना सेती नदीमा बेपत्ता, तीनजनाको उद्दार

बझाङमा ट्याक्टर दुर्घटना : चालकसहित दुईजना सेती नदीमा बेपत्ता, तीनजनाको उद्दार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बझाङ : बझाङको जयपृथ्वी राजमार्गस्थित दुर्गाथली गाउँपालिका -२ झनाना बजार नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजना सेतीन नदीमा बगेर बेपत्ता भएका छन् भने तीनजनाको उद्दार गरिएको छ । बुधबार बिहान करिब ९ : ३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

 ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन् । यस्तै ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय निरज विकको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले बताए । 
उद्दार गरिएका तीनैजना सामान्य घाइते रहेको र उनीहरको केदारस्युँ गाउँपालिका -९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेपत्ता भएका चालक बुढा र घर्तीको डिएसपी युवराज भण्डारीसहित प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन् । 

ट्याक्टर दुर्गाथली गाउँपालिकाका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना - जडार सडक खण्डमा दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको प्रहरीले जनाएको छ । बेपत्ता र घाइते सबै जाजरकोटबाट उक्त सडक खण्डमा काम गर्न मजदुरको रुपमा बझाङ आएको प्रहरीको भनाइ छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.