दरबारमार्गको बाटो बन्द गरिँदा ट्राफिक जाम बढ्यो

दरबारमार्गको बाटो बन्द गरिँदा ट्राफिक जाम बढ्यो
सुन्नुहोस्

काठमाडौं : संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना हुने कन्सर्टका लागि दरबारमार्गको मूल बाटो बन्द गरिएको छ।

कन्सर्ट  सञ्चालन गर्नका लागिय स्टेज निर्माण भरहेकाले अहिले त्यहाँको सवारी आवागमन नै ठप्प पारिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काका अनुसार बुघबार दिनभरका लागि दरबारमार्गको बाटो बन्द गरिएको छ।
 

दरबारमार्ग हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको छ। मुख्य बाटो नै बन्द भएपछि उक्त क्षेत्रमा ट्राफिक जाम बढेको छ। अत्याधिक ट्राफिक जाम भएपछि यात्रु तथा तथा सर्वसाधारणले विरोधसमेत गरेका छन्। विशेषगरी केशरमहलबाट दरबारमार्गतर्फ जाने सवारीसाधनलाई जमल, जय नेपाल चोकबाट दरबारमार्ग आउने सवारी साधनलाई कृष्णपाउरोटी र महेन्द्र शालिकबाट दरबारमार्गतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ पठाइएको छ। 

डाइभर्सनका कारण आसपासका बाटोहरूमा सवारीसाधनको चाप छ। सवारी चाप व्यवस्थापनका लागि  गौशाला, सिनामंगल, कोटेश्वर र तिनकुनबाट रिङरोडभित्र आउने भाडाका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ। 

सहज आवागमनका लागि दरबारमार्गचोक भएर सञ्चालन  हुने सवारी साधनका चालकले वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक महाशाखाले अनुरोधसमेत गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.