मधेसका सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी थप्न माग गर्दै वीरन्जमा प्रदर्शन

मधेसका सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी थप्न माग गर्दै वीरन्जमा प्रदर्शन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : मधेसका सरकारी विद्यालयमा विद्यार्थीको अनुपात शिक्षकको दबरन्दी कायम गर्न माग गर्दै प्रभु साह नेतृत्वको  जनता पार्टी (आजपा) को भातृत संगठन आम विद्यार्थी मोर्चाले वीरगन्जमा प्रदर्शन गरेको छ ।

पहाडका जिल्लाका विद्यालयमा १८ विद्यार्थी बराबर १ शिक्षक तर मधेसका विद्यालयमा १०० विद्यार्थी बराबर १ शिक्षकको दरबन्दी कायम गरेर सरकारले मधेस विभेद गरेको भन्दै आम विद्यार्थी मोर्चाले त्यसका विरुद्ध बुधबार आन्दोलन थालेको हो ।

आन्दोलनको पहिलो दिन बुधबार आम विद्यार्थी मोर्चाले सामुदायिक विद्यालयका विद्यार्थी र तीनका अभिभावकहरूसहित वीरगन्जमा प्रदर्शन गरेको हो । घण्टाघर चोकबाट सुरु भएको विरोध र्‍याली नगरपरिक्रममा गर्दै पुन: घण्टाघर चोकमै पुगेर विरोधसभामा परिणत भएको थियो ।

सभामा बोल्दै आम विद्यार्थी मोर्चाका इन्चार्ज तथा आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले मधेसका विद्यालयमा सरकारले गरिरहेको विभेदबारे पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नलिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

सरकार मधेसको शिक्षालाई तहसनहस पार्न योजनावद्ध रुपमा लागेको आरोप पनि उनले लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी रहेको टिप्पणी गरे । मधेसका विद्यालयमा शिक्षकको संख्या निक्कै अपुग रहेको भन्दै उनले विद्यार्थी संख्या अनुपातमा शिक्षकको दरबन्दी कायम नगरिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए ।

उनले असोज ३ गते संविधान दिवसका दिन बिहीबार संविधानको अन्त्येष्टि यात्रा निकाल्ने जानकारी दिँदै मोर्चाको मागमा समर्थन जनाएर आजपाले आगामी कार्तिक ५ गतेदेखि मधेसमा आम शैक्षिक हडताल गर्ने घोषणा गरिसकेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.