संविधान संशोधन गर्न सबै दलको साथ र समर्थन आवश्यक : मन्त्री पाण्डे

संविधान संशोधन गर्न सबै दलको साथ र समर्थन आवश्यक : मन्त्री पाण्डे
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका  छन्।  बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संविधान संशोधन गर्न सबै दलको साथ र समर्थन आवश्यक हुने बताएका हुन्।

 मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे।  'दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौं। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौं। ०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ,'उनले भने,'संविधान संशोधन  गर्नुपर्नेछ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन। राष्ट्रको हितका पक्षमा नेकपा माओवादी,राप्रपा,रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ। '

मन्त्र पाण्डेले  १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नुपर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए। उनले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको जिकिर  गरे।

मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनुपर्ने,संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरूरी रहेको औंल्याए। त्यसैगरी उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.