रवि लामिछाने चलाख मान्छे रहेछन् : देउवा

रवि लामिछाने चलाख मान्छे रहेछन् : देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे।

उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि लामिछाने चलाख मान्छे भएको टिप्पणी गरे। लामिछानेले सहकारी ठगेको कुरामा आफू पत्याउनै नसकेको उनको भनाइ छ। ‘मैले त पत्याएकै थिइनँ। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर,' उनले भने। सहकारी विषयमा उठान गरेकामा उनले महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.