भोलिदेखि धरहरा खुला, सर्वसाधारणलाई निशुल्क

भोलिदेखि धरहरा खुला, सर्वसाधारणलाई निशुल्क
सुन्नुहोस्

काठमाडौं : संविधान दिवसका अवसरमा बिहीबारबाट अस्थायीरूपमा नवनिर्मित धरहरा सञ्चालनमा आउने भएको छ।

मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार बिहीबारबाट अस्थायीरूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो। अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहराको अवलोकन गरे। सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम समयमा लागि निशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए। उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनको तयारी भएको बताए।

एक दिनमा अधिकतम ५ सय सर्वसाधारणले निःशुल्क धहरार चढ्न पाउने गरी व्यवस्था गरिएको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.