खानेपानी गुणस्तर मापदण्डको पालना गर्न मन्त्री यादवको निर्देशन
काठमाडौं : खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले सबै ठाउँमा खानेपानी गुणस्तर मापदण्डको अनिवार्यरूपमा पालना गर्न निर्देशन दिएका छन्।
गोदावरी नगरपालिका-१४ स्थित ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निरीक्षण गर्दै मन्त्री यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउनुपर्ने बताP.
'वर्षातको समयमा इनार र ट्युबवेलजस्ता खुला मुहानहरूमा ढल मिसिएर पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ। जसले हैजा र झाडापखाला फैलिन सक्छ। त्यसैले उपभोक्ताहरूलाई शुद्ध पानीमात्र वितरण गर्नुपर्छ,' उनले भने।
उनले पानीको नियमित परीक्षण र गुणस्तरीय वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिए।