स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ
सुन्नुहोस्

सिरहा : प्रहरीले सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका-१ गरगमा बोर्डरबाट एक जनालाई स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-२ खोक्सीका ४८ वर्षीय ललित दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी गराए।

भारतीय बजारबाट नेपालतर्फ पैसा बोकेर आइरहेको सूचना पाएपछि प्रहरीले तत्कालै प्रहरी सहायक निरीक्षक विरेन्द्र साहको कमान्डमा टोली परिचालन गरेका थिए। सो टोलीले स१०प ९८५३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेका थिए।

चेकजाँच गर्दा आरोपित साहले कम्मरमा सेता गम्छामा बाँधी ल्याइरहेको रुपैयाँ फेला परेको थियो। उनको साथबाट १००० को नोट १० लाख र ५०० को नोट ६ लाख बरामद भएको छ।

प्रहरीले पक्राउ परेका दास, बरामद रकम र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा राखि थप अनुसन्धान गरिरहेको प्रवक्ता सापकोटाले बताए। शुक्रबार पनि सिरहामा ३ जना स्रोत नखुलेको १४ लाखसहित पक्राउ गरेका थिए। प्रहरी स्रोतका अनुसार हुण्डी कारोबारीहरू रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.