चढ्न जाने होइन त धरहरा ?

चढ्न जाने होइन त धरहरा ?
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : संविधान दिवसका अवसरमा काठमाडौंको सुन्धारास्थित धरहरा सर्वसाधरणका लागि खुला गरिएको छ। २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको धरहरा आजदेखि  सर्वसाधरणका लागि खुला गरिएको हो। धरहराको ९८ प्रतिशत संरचना निर्माण  पूरा भएको छ।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

null

संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो। परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।  

null

२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। तर,पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो।

null

धरहरा पुनर्निर्माण गर्नका लागि २०७५ साल असोज १४ गते जीआईईटीसी–रमण जेभीले ठेक्का पाएको थियो। २ वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्ने समय राखेर ठेक्का लिएको रमन जेभीले छैटौंपटक म्याद थप गरेपछाडी मात्रै धरहरा निर्माणको काम लगभग पूरा गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.