दुर्घटना न्यूनिकरणका लागि चालकको स्वास्थ्य परीक्षण

दुर्घटना न्यूनिकरणका लागि चालकको स्वास्थ्य परीक्षण
सुन्नुहोस्

काठमाडौं : सवारी दुर्घटना न्यूनिकरण गर्न विपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । रेयुकाई एइको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले विपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरणका लागि धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा साना तथा ठूला सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण सडकमै गरेको हो।

चालकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले बताए। पछिल्लो समय चालकको उच्च र न्यून रक्तचापका साथै आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी दुर्घटना बढेको पाइएपछि यात्रुबस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

उनका अनुसार,१ सय ९१ चालकको अकस्मत स्वास्थ्य परीक्षण गर्दा ४६ जनामा उच्च रक्तचापको समस्या पाइएको र ६ जनामा मधुमेह तथा १० जनामा आँखाको समस्या देखिएको छ । उनीहरू सबैलाई थप स्वास्थ्य परीक्षण गर्न र औषधि सेवन गर्न सुझाव दिइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.