पलेशालाई बागमती सरकारको सम्मान

पलेशालाई बागमती सरकारको सम्मान
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मान गरेको छ । संविधान दिवसको उपलक्ष्यमा आज पलेशालाई हेटौँडा बजार परिक्रमा गराई औपचारिक समारोहकाबीच सम्मानित गरिएको हो । 

त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मानित गरिएको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । 

त्यस्तै एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । सम्मानित खेलाडी तथा प्रशिक्षक र संघका अध्यक्ष एवम् प्रतिनिधिहरूलाई मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बहादुरसिंह लामाले समग्र खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले महत्वका साथ काम गर्दै आइरहेको र आगामी दिनमा अझै प्रभावकारी ढंगबाट अघि बढ्ने बताए । 

उनले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरे । त्यस्तै युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र तथा खेलाडीहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै प्रसंशा गरे । 

उनले युवा तथा खेलकुद मन्त्रालय खेल क्षेत्रको विकास र खेलमार्फत् प्रदेश र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने वातावरण बनाउन केन्द्रीत रहेको उल्लेख गरे । पदक दिलाउने खेलाडीहरुलाई कार्यविधि नै बनाएर आगामी दिनमा अझै व्यवस्थित ढंगबाट सम्मान तथा प्रोत्साहन राशी प्रदान गरिने उनले बताए । 

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले,आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायत खेलसम्वद्ध विभिन्न संघ संस्थाका नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

एरिका र कुशलसहित नेपाली कराँते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.