१ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ

१ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा १ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारका ३० वर्षीय जन्दार आलम र  सोही स्थानका सहचालक १९ वर्षीय मुना मिया रहेका छन्।  

हेटौडा उपमहानगरपालिका-१५  रातोमाटे चेकपोष्टस्थित सडकमा सुनसरीबाट हेटौडा हुँदै काठमाडौं जाँदै गरेको बि-आर ०५ जिडि १३ ४३ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा करिब १ करोड ३५ लाख बराबरको लत्ताकपडा बरामद भएको हो। 

बुधबार करिब ३ बजेतिर विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा-१५ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जसमध्ये  ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर उक्त  ट्रकमा प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी आलुको बोराको भित्री भागमा लुकाई छिपाई गरी जम्मा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एवं पाइन्टको कपडाहरू ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बरामद गरिएका सामानहरू, भारतीय ट्रक र उक्त ट्रकका चालक तथा सहचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.