जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलः सेमिफाइनल समीकरण पूरा

जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलः सेमिफाइनल समीकरण पूरा
सुन्नुहोस्

सिमराः बाराको सिमरामा जारी चौथो जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। सिमरा रंशलामा बिहीबार सम्पन्न चार वटा क्वाटरफाइनल खेलमा सिमरा, काठमाडौं, कोलकत्ता र पोखरा विजयी भएसँगै अन्तिम चार टिमको टुंगो लागेको हो। 

प्रतियोगिताको सेमिफाइनलमा आयोजक सिमरा भेट्रान क्लब, सरस्वती नगर भेट्रान काठमाडौं, क्लिभ हाउस भेट्रान क्लब कोलकत्ता र एबिसी भेट्रान क्लब पोखरा प्रवेश गरेका हुन्। सिमराले पहिलो क्वाटरफाइनल खेलमा कटारी टाईगर फुटबल क्लब उदयपुरलाई ४–० ले पराजित गरेको हो। सिमराको जितमा कृष्ण शाक्य नायक बने। उनले ह्याट्रिक पूरा गरे भने भेषराज लिम्बुले एक गोल गरे। 

दोस्रो क्वाटरफाइनल खेलमा सरस्वती नगर काठमाडौंले रियल फ्रेण्ड भेट्रान सिक्किममाथि ४–१ को सहज जित निकाल्यो। काठमाडौंको जितमा अनल आचार्य, युवराज भुजेल, हर्कराज गुरुङ र किशोर नेपालीले एक–एक गोल गरे। सिक्किमका लागि मयल लेप्चाले एक गोल फर्काए। 

तेस्रो क्वाटरफाइनल खेलमा कोलकत्ताले युनाईटेड बतासिया भेट्रान क्लब दार्जिलिङलाई ३–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। कोलकत्ताको जितमा रञ्जन शंकर, विश्वजित बेक र दीपक मण्डलले एक–एक गोल गरे। 

यसैगरी अन्तिम क्वाटरफाइनल खेलमा नव जनजागृति भेट्रान क्लब सिमरालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एबिसी भेट्रान क्लब पोखरा प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरेको हो। पोखराको जितमा विकर्ण श्रेष्ठले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए भने निलेन्द्र देवान र कन्या सुब्बा गुरुङले एक–एक गोल गरे। 

प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछ। सिमरा रंगशालामा बिहान ६ बजे हुने पहिलो खेलमा आयोजक सिमरा भेट्रान र कोलकत्ता भिड्नेछन् भने दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा काठमाडौं र पोखरा प्रतिस्पर्धा गर्नेछन्। 

असोज ५ गतेसम्म आयोजना हुने प्रतियागिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन्। असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १४ टिमको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.