अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ आयोजना हुँदै

अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ आयोजना हुँदै
सुन्नुहोस्

अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ आयोजना हुने भएको छ। सन् २०२२ मा इन्जिनियर्स भ्लग्सले आयोजना गरेको अर्बिट इन्जिनियरिङ एक्स्पो सफल भएसँगै यो वर्ष पनि आयोजना गर्न लागिएको हो। यसअघि भएको कार्यक्रमले  प्रविधि क्षेत्रमा नयाँ उचाइ तय गरेको थियो। 

यो एक्स्पोमा सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी मुख्य भूमिका निर्वाह गर्दै शीर्ष प्रायोजकको रूपमा रहेको छ। सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी दुवै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त छन् र सानेपा, ललितपुरमा अवस्थित छन्। 

सगरमाथा इन्जिनियरिङ कलेजमा सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढाइ हुन्छ भने सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा BCA र CSIT को अध्यापन गरिन्छ। आधुनिक विचारधारासहितका यी कलेजहरूले प्रविधिको विकासलाई बलियो बनाउँदै आएका छन्। उनीहरूको सहभागिताले अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ लाई अझ भव्य र प्रभावकारी बनाउने विश्वास अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ को प्रेसिडेन्ट  आशुतोष कर्णले व्यक्त गरेका छन्। सगरमाथा इन्जिनियरिङ कलेजले मात्र शीर्ष प्रायोजकको रूपमा नभई, आफ्नो कलेजको परिसरमा एक्स्पोको स्थलसमेत उपलब्ध गराउँदै सहयोग पुर्‍याएको छ।

अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ मा, ५०,००० भन्दा बढी प्राविधिक र गैर-प्राविधिक विद्यार्थीहरू, नयाँ स्नातकहरू, र पेशेवरहरू सहभागी हुनेछन्। यसले रोजगारीका अवसरहरू, ब्रान्ड सम्बन्ध, र लगानीका सम्भावनाहरूलाई सहज बनाउनेछ। 

कम्पनीहरूले नयाँ उत्पादन, सेवा, र प्रविधिहरू सार्वजनिक गर्दै, प्रत्यक्ष प्रतिक्रियाहरू पनि प्राप्त गर्न सक्छन्। साथै, समुदायको सहभागिता र विद्यार्थीहरूको समर्थन गरेर यसले नवीन विचारहरूको आदानप्रदानको लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ।

समग्रमा, अर्बिट इन्जिनियरिङ एक्स्पो २०२४ ले प्रविधि, शिक्षा, र नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्‍याउँदै, भविष्यका सम्भावनाहरूलाई अझ उज्यालो बनाउने लक्ष्य लिएको छ। इन्जिनियर्स भ्लग्स, दक्ष इन्जिनियरहरूको समूह, सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै, नयाँ प्रविधि र नवप्रवर्तनलाई बजारमा स्थापित गर्नमा केन्द्रित छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.