च्यांग्रा लिएर ३ जना बेपत्ता

च्यांग्रा लिएर ३ जना बेपत्ता
फाइल तस्बिर
सुन्नुहोस्

जोमसोम : मुस्ताङीको १०३ च्यांग्रासहित ३ जना पोखराबाट बेपत्ता भएका छन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ का स्थानीय ताक्ला गुरुङको १०३ वटा च्यांग्रा सहित मुना नाम गरेका व्यक्ति र उनका २ सहयोगी बिहिबार बिहान ४ बजे पोखराबाट एकाएक बेपत्ता भएका हुन्। खोजी गर्दा अहिलेसम्म फेला परेका छैनन् भने सम्पर्कमा पनि आएका छैनन्।

दसैंका लागि मुस्ताङमा निजी कार चढेर च्यांग्रा व्यापारका लागि च्यांग्रा खरिद गर्न आएका मधेशी मूलको जस्तो हुलिया भएको मुख्य व्यक्ति मुना नाम गरेको र उनका सहयोगी २ जना सहयोगीले गुरुङको च्यांग्रा पैसा नदिई कुलेलाम ठोकेको च्यांग्रा धनी ताक्ला गुरुङले बताए।

बुधबार मुस्ताङ आएका अपरिचत उनीहरूले च्यांग्रा खरिद गर्न भनेर चैले पुगेका थिए। बुधबार चैले पुगेका उनीहरूले ताक्ला गुरुङको च्यांग्रा गोठमा भएका १०३ वटा च्यांग्रा एक गठ्ठा प्रतिगोटा ३७ हजारमा मोलतोल गरे। च्यांग्राको पुरै भुक्तानी पोखरामा बुझाउने र च्यांग्रा धनी पनि साथै जाने निर्णय गरे। 

त्यसपछि बुधबार साँझ चराङका स्थानीय किमी छोटेन गुरुङको ग १ ख ५१७४ नम्बरको ताक्ला गुरुङको १०३ वटा च्यांग्रा ट्रकमा लोड गरी पोखरा झारियो। च्यांग्रा खरिद गर्ने ब्यापारी बताउने मुना नाम गरेका व्यक्ति र उनका २ जना सहयोगीसँगै उनी पनि कारमा चढेर पोखरा झरे।

ट्रकमा लोड गरिएको च्यांग्रा पोखरा हेम्जा याम्दीमा मध्यराती पुग्यो। ट्रकमा भएको च्यांग्रा अनलोड गर्दा बिहीबार बिहानको ४ बजेको थियो। च्यांग्रा व्यापारी मुनासहितको च्यांग्रा धनी पोखराको एक होटलमा बस्न पुगे। ट्रकमा राखेर च्यांग्रा तल झार्दा ८/१० वटा च्यांग्रा निस्सासिएर मरेका थिए। 

व्यापारी मुना र उनका सहकर्मी च्यांग्रा धनी ताक्ला गुरुङलाई होटलमै बस्न भनेर उनीहरू मरेको च्यांग्रा व्यवस्थित गर्न जान्छौं भनी त्यहाँबाट हिडे। त्यसपछि होटलमै उनीहरूलाई पर्खिएर बसेका च्यांग्रा धनी ताक्लाको पर्खाईको धैर्यता टुट्न थाल्यो। उनले विस्तारै आफू ठगिएको महसुस गर्न थाले। च्यांग्रा ठगीबाट ताक्लालाई ३८ लाख ११ हजार रुपैयाँ क्षति हुने देखिन्छ।

‘पैसा पोखरा पुगेरै दिन्छु भनेको थियो, मलाई पनि सँगै जाउ भने’, च्यांग्रा धनी ताक्लाले भने, ‘ पोखरा पुगेपछि मलाई होटलमा कुराएर उनीहरू सम्पर्कमा नआई बेपत्ता भए, उनीहरूले अर्को ट्रकमा लोड गरी च्यांग्रा लिएर भागेको हुनसक्छ।’

मुस्ताङबाट ट्रकमा लोड गरेको भाडा उनीहरूले ट्रक धनीलाई बुझाएको ताक्लाको भनाइ छ। पोखरा हेम्जा याम्दीमा अनलोड भएको च्यांग्रा अर्को ट्रकमा लोड गरेर सम्पर्कविहिन भएको हुनसक्ने ताक्ला गुरुङको अनुमान छ। भीआईपी च्यांग्रा व्यापारी बनेर कार चढेर आएको र आफूले त्यसमा विश्वास गर्दा ठगिन पुगेको ताक्लाले जनाए।‘हामीसितै तलै जाउँ तलै पैसा दिउँला भन्यो, ताक्लाले थपे,‘ उनीहरू सुकिला र स्टार्ड जस्ता देखिन्थे, त्यसको भ्रममा पर्दा मेहनतले दुख गरेर पालेको च्यांग्रा योजनाबद्ध रुपमा लिएर बेपत्ता भइदिए।’

च्यांग्रासहित बेपत्ता भएका व्यक्तिहरूको खोजतलास गरी आफ्नो च्यांग्रा फिर्ता गराइदिन बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित निवेदन दिन पुगे। जिल्ला प्रहरी कार्यालय कास्कीले यस सम्बन्धी बुझ्दा च्यांग्रा धनी च्यांग्रा लिएर पैसा नदिई बेपत्ता भएको घटनाको विवरणसहित उजुरी दिन आएको जनाएको छ। जिल्ला प्रहरी कास्कीले उक्त उजुरीलाई इलाका प्रहरी कार्यालय बगरमा फरवार्ड गरेको जनाएको छ।

च्यांग्रा धनी ताक्लाले विगतका वर्षहरूमा च्यांग्रा गोठमै बिक्री गर्ने गरेको र पैसा जोमसोमबाट लिने गरेको बताए। तर, यसपटक उनीहरूको वास्तविक नियत बुझ्न नसक्दा आफू ठगिन पुगेको दुखेसो सुनाए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.