मदिराले लियो राउटे युवाको ज्यान

मदिराले लियो राउटे युवाको ज्यान
सांकेतिक तस्बिर।
सुन्नुहोस्

दैलेख : लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ। बुधबार राति समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो। अत्यधिक मदिरा सेवनका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको थियो। मदिरा सेवनकै कारण विगत ६ महिनादेखि बिरामीले उनी थला परेका थिए। उनलाई उपचारका लागि गत भदौ ३१ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। राउटे नागरिकहरू आम नागरिक सरह उपचार गर्न मान्दैनन्। बस्तीमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। 

राउटे समुदाय हाल दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसोबास गर्दै आइरहेका छन्। अस्पतालबाट बस्तीतर्फ लैजाँदै गर्दा कल्याणकाँधमा मृत्यु भएको राउटे परियोजनाबाट खटिएका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए। ‘मृतक युवा विगत ६ महिनादेखि बिरामी परेका थिए, हामीले सम्झाई बुझाई अस्पताल पुर्‍याउन सबै प्रयास गर्‍यौं, तर अस्पताल जानै मानेनन्, बिरामी भएर थप थला पर्न थालेपछि भदौ ३१ गते अस्पताल जान तयार भए,’ खत्रीले भने, ‘बुवाआमालाई सँगै लिएपछि मात्रै अस्पताल जान्छु भनेपछि बुवाआमालाई साथमा लिएर अस्पताल पठाएका थियौँ।’ 

अस्पतालमा खकार परीक्षण गर्दा क्षयरोग देखिएको परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले बताए। ‘राउटे युवाको उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी रोग देखिएको भन्नुभयो, क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्, अस्पतालले डिस्चार्ज गरिदियो, फर्काएर बस्तीतिर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो,’ बिसीले भने। यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको थियो। 

मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसंख्या घटेर एक ३४ झरेको छ। यो समुदायको संख्या निरन्तर घट्दो क्रममा छ। २०७५ असार यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.