पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
सुन्नुहोस्

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन  कार्यक्रम स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गर्दै  निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।

'निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्रअनुसार उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,'जारी सूचनामा भनिएको छ।

यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो। निर्वाचन प्रयोजनका लागि उम्मेदवारको मनोनयन दर्ताको समय आजलाई तोकिएको थियो।

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिएपनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ। महासंघको निर्वाचन समयमा गर्न नसकेपछि  महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.