यस्तो छ ११२४ पृष्ठको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन (पूर्ण पाठ)
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ। संघीय संसद सचिवालयले ११२४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। बैठकले प्रतिवेदन कार्यान्वयनका लागि गृह र सहकारी मन्त्रालयमा पठाएको थियो।
समितिका संयोजक सूर्य थापाले गत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गरेका थिए। नागरिकको बचत सहकारीहरूले हिनामिना गरेको भन्दै लामो समयदेखि संसद् अवरुद्ध भएपछि २०८१ जेठ १५ गते संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो। भदौ २२ गतेसम्म समितिलाई प्रतिवेदन बुझाउने समयसीमा तोकिए पनि प्रतिवेदन लेखन नसकिएपछि थप १५ दिन समय थपिएको थियो। समितिले ६ दिन अगाडि नै अन्तिम प्रतिवेदन संसदमा पेस गरेको हो।
समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ।
प्रतिवेदनको पूर्ण पाठ यहाँ डाउनलोड गरेर हेर्नुस्: