राष्ट्रपतिसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश
तस्बिर : राष्ट्रपतिको कार्यालय।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताए। उनले वित्तीय संघीयता अन्तर्गत राजश्व बाँडफाँट, वित्तीय समानीकरण अनुदानलगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

उनले आयोगका सिफारिसहरूलाई सरकारले कार्यान्वयन गर्ने गरि अघि बढ्नुपर्ने बताए । स्थानीय तहलाई व्यवस्थित गर्न आयोगले कडा नियमन गर्नुपर्ने र आयोगले नै नियम कानुन बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

त्यस्तै शुक्रबार नै राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।  आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.