लागुऔषध ट्रामाडोलसहित ६ जना पक्राउ, काठमाडौंमै अवैध कारोबार गर्दै आएको खुलासा

लागुऔषध ट्रामाडोलसहित ६ जना पक्राउ, काठमाडौंमै अवैध कारोबार गर्दै आएको खुलासा
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा सम्मेलन गर्दै ब्युरोले १ लाख ८० हजार ४ सय ३० ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

भाद्र १८ गते उदयपुर घर भइ माकलबारी भर भएका बहादुर राइलाई ९ सय क्याप्सुलसहित पक्राउ गरिएको थियो । उनीमाथि थप अनुसन्धान गर्दा उनको कोठाबाट थप ३३ हजार ६ सय क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै भाद्र १९ गते सर्लाही घर भएका विपिन कुमार महत्तोलाई काठमाडौं मनोहरास्थित बाबाचोकबाट ५३ हजार ९ सय ट्रमाडोल र ८ सय ९२ नाइट्राजेपान सहित पक्राउ गरिएको थियो ।

त्यस्तै भाद्र ३१ गते पर्वत घर भइ काठमाडौं मित्रनगर बस्ने बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कबाट ९ हजार ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिए।

उक्त लागुऔषध सम्झना रोक्काबाट खरिद बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि रोक्कालाई निजकै घरबाट ८३ हजार ट्रमाडोल तथा २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको आचार्यले बताए। 

रोक्काले उक्त लागुऔषध विक्रीवितरण गर्ने मुख्य व्यक्ति बारा घर भएका एक व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले असोज २ गते बारा घर भएका प्रदीप सर्राफलाई टोखाबाट ट्रमाडोल ३० क्याप्सुलसहित पक्राउ गरेको छ ।

निजको कारोवारमा सहयोग गर्ने डल्लु घर भएका मन मोहन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप सर्राफले विगत ४ वर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.