कोशी प्रदेशको चालु अधिवेशन अन्त्य

कोशी प्रदेशको चालु अधिवेशन अन्त्य
फाइल तस्बिर

विराटनगर : कोशी प्रदेशको चालु पाँचौं संसद अधिवेशन अन्त्य गरिएको छ। चालु पाँचौं एवं बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरिएको हो। 

प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको थियो। सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन्। 

पाँचौं अधिवेशनमा २१ वटा संसद बैठक बसेको छ। २१ औं बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयले पठाएको अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका छन्। 

प्रदेशसभाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको पाँचौं एवं बजेट अधिवेशन गत वैशाख ३१ गतदेखि सुरु भएको थियो। अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए। 

कार्कीले अधिवेशन अन्त्य हुनुभन्दा २ दिनअघिको बैठकमा पनि पुनः विश्वासको मत लिएका छन्। अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयक लगायतका ऐन पारित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.