जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधिका लागि काठमाडौं र सिमरा भिड्ने

जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधिका लागि काठमाडौं र सिमरा भिड्ने
सुन्नुहोस्

सिमरा: जितपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने भएका छन्। सिमरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै आयोजक टोली सिमरा भेट्रान क्लब र सरस्वती नगर भेट्रान क्लब काठमाडौंले उपाधि भिडन्त पक्का गरेका हुन्।


सिमराले पहिलो सेमिफाइनल खेलमा पाहुना टोली क्लिभ हाउस भेट्रान फुटबल क्लब कोलकत्तालाई २-० ले पराजित गरेको हो। आयोजकको जितमा दुवै गोल रमेश गुरुङले गरेका हुन्। रमेश खेलको प्लेयर अफ दि म्याच घोषित भए।

यसैगरी दोस्रो खेलमा सरस्वती नगर भेट्रान काठमाडौंले पोखराको एबिसी भेट्रान क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको हो।  काठमाडौंका लागि अनल आचार्य, जगत लामा, महेन्द्र खवास र देवराज नेपालीले गोल गरे। सरोज थापाको प्रहार क्रसबारबाट बाहिरियो।

पोखराका लागि भने संजयकुमार गुरुङ र विश्वलाल श्रेष्ठ मात्रै गोल गर्न सफल भए। विकर्ण श्रेष्ठ र निलेन्द्र देवानको प्रहार काठमाडौंका गोलरक्षक शम्भु श्रेष्ठले उत्कृष्ट बचाउ गरे। श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल शनिबार ४ बजे सिमरा रंगशालामा सुरु हुनेछ। उपाधि विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन्। असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.