. . . जसले रोग होइन, रोगी निको पार्छ

. . . जसले रोग होइन, रोगी निको पार्छ

विषालु सर्पबाट बन्छ औषधि, निको हुन्छन् रोगी : विषालु सर्प ! हो, विषालु सर्प भन्नेबित्तिकै हामी सबैको मन झसँग हुन्छ। तर, धेरैलाई थाहा नहुन सक्छ कि त्यही विषालु सर्पको विषबाट औषधि बनाइन्छ। यो यस्तो गम्भीर बिरामीलाई काम लाग्छ कि जोकसैले अनुमान नै गर्न सक्दैन। सर्पको विषलाई पनि होमियोप्याथी उपचार विधिमा अमृत अर्थात् औषधि बनाएर रोगीलाई निको पारिन्छ।

दक्षिण अफ्रिकामा पाइने विषालु सर्प ‘भुसमाटर’को विषबाट होमियोप्याथीमा लेकेसिस नामक औषधि बनाइन्छ। गरम प्रकृतिको यो औषधि ग्रहण गर्ने व्यक्ति (रोगी)ले भने गर्मी सहन सक्दैन। मानसिक यस्तो रोगी जो शारीरिक रूपमा पीडादायी अवस्थामा हुन्छ, उसलाई यो औषधि दिइन्छ। यस्तो विषलाई होमियोप्याथिक औषधिको रूप दिएर अमृत बनाइन्छ र रोगी निको पारिन्छ। यो लेकेसिस औषधिले महिलाको डिम्बाशय महिनावारी सुक्ने बेलामा हुने समस्या निको पारिन्छ भने गाउँघरमा बोक्सीले रगत चुसेको भनेर जानिने निलो दाग पनि यसबाटै ठिक हुन्छ। 

शरीरको देब्रोपट्टिको समस्या होस् वा टन्सिल, यही औषधि कामयावी हुन्छ।

शारीरिकसँगै मानसिक समस्या पनि ठीक हुन्छ। जस्तो कि कुनै व्यक्ति बडो शंकालु वा इष्र्यालु छ भने अथवा कसैमाथि विश्वास गर्नै सक्दैन भने अथवा लोग्ने–स्वास्नीबीच आपसमा विश्वासको वातावरण छैन भने यो औषधि अमृतसरह हुन्छ। डा. सी. हेरिडले आफैंमाथि यस सर्पको विष प्रयोग गरेर रोग निवारण गरी पुष्टि गरेका थिए। उनकी पत्नीले उक्त औषधिको मानसिक एवं शारीरिक प्रभाव के कस्तो पर्छ भनेर टिपोट गरेकी थिइन्।

चन्द्रमाबाट बनाइएका औषधिले अनेक उपचार : अर्को अचम्म हुनसक्छ आमपाठकलाई। चन्द्रमा हामी धेरैले हरेक दिनजसो देख्दै आएका छौं। चन्द्रमाको अर्थ हुन्छ– सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र साढे उनन्तिस दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह, चन्द्र, जून वा सोम। उसो त अर्को अर्थ पनि छ चन्द्रमाको– नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारले एक गहना। माथिल्लो अर्थ दिने चन्द्रमाबाट पनि होमियोप्याथीमा औषधि बन्छभन्दा अचम्म लाग्नु स्वाभाविक हो।

हो, चन्द्रमाबाट बनाइएको होमियोप्याथिक औषधिलाई ‘लुना’ भनिन्छ। यसलाई डेसिमल स्केलमा बनाइन्छ। पूर्णिमा अर्थात् ‘फुल मुन’का दिन ‘सुगर अफ मिल्क’लाई सिसाको प्लेटमा राखेर सिसाकै डन्डीले हल्लाउने गरिन्छ। यसरी ‘चार्ज’ गरिएको ‘सुगर मिल्क’लाई सामान्य तरिका ‘डाइनामाइज’ गरिन्छ। फिङ्क हिगिन्स नामक व्यक्तिले दक्षिण अमेरिकामा तीन-चार घण्टासम्म चन्द्रमाको किरणमा यसलाई शुद्ध पानी अर्थात् ‘डिस्टिल वाटर’ सिसाको भाँडोमा खुला राखेर ‘चार्ज’ गरे र उक्त पानीलाई ‘डाइनामाइज’ गरेर औषधि तयार पारेका थिए।

चन्द्रमाबाट बनाइएको त्यही होमियोप्याथिक औषधिले तपाईं हामीले नपत्याउने रोग निको हुन्छन्। जस्तो कि यो औषधिको प्रयोगबाट छारे रोग भएका व्यक्ति निको हुन्छन् अनि निद्रामा हिँड्ने समस्या हुने व्यक्ति ठीक बन्छन्। यतिमात्र होइन, यो औषधिबाट महिनावारी रोकिँदै हुँदै गर्ने समस्या भएका महिला जाति हुन्छन् अनि अत्यधिक ग्यास भरिएर पाठेघर फुलेको छ भने त्यस्तो रोगी पनि ठीक हुन्छ।

भेडाको सुकेको थाइरोइडबाट नसोचेको उपचार : थाइरोइड। अधिकांशले ‘थाइराइड’ भनेर सुनेको अनि धेरैले भोगिरहेको रोग हो यो। होमियोप्याथीमा रहेका बाहेकलाई पनि यो ‘सरप्राइज’ हुनसक्छ कि यही रोग थाइरोइडबाटै अन्य रोगका लागि औषधि बनाइन्छ, खुवाइन्छ र रोगीलाई निको बनाइन्छ। खासमा यो थाइरोइडिनम नामक होमियोप्याथिक औषधि भेडाको सुकेको थाइरोडड ग्रन्थीबाट बनाइन्छ।

अब तपाईं पाठकमा जिज्ञासा हुनु स्वाभाविकै हो। यस्तो रोग जसले मानिसलाई अन्य रोग उब्जाउनसमेत मद्दत गर्छ तर रोगीलाई चौतर्फी समस्या बनाइदिन्छ। तर, त्यही थाइरोइडको ग्रन्थीबाट औषधि बनाएर अरू हजारौं रोगीलाई ठिक पार्नु भनेको सामान्य होइन, अचम्म नै हो। थाइरोइडिनम नामक होमियोप्याथिक औषधि जो भेडाको सुकेको थाइरोइड ग्रन्थीबाट बनाइन्छ, त्यसले बालबालिकामा रोकिएको शारीरिक विकासमा कामपयोगी हुन्छ।

यस्तै, बालकको अण्डकोष टाँसिएको वा तल नझरेको अवस्थामा यो औषधिले काम गर्छ। कसैलार्ई गलगाँड भएको छ, कोही मोटोपनले ग्रसित छ, कसैलाई बढी पसिन आउँछ भने पनि यही औषधि खानुपर्छ। यतिमात्र कहाँ हो र ? महिलालाई महिनावारी नहुने मसस्या छ भने पनि यही औषधि खाने हो अनि कसैको मुटु प्रतिमिनेट एक सयभन्दा बढीपटक धडकन्छ भने पनि खाने औषधि यही हो। उसो त यस्ता अन्य केही रोगमा यो औषधि लक्षण अनुसार प्रयोग गर्न मिल्छ।

के हो होमियोप्याथी ? : ‘होमियोप्याथी’ रोगको उपचार गर्ने एक चिकित्सा पद्धति हो। तर यसमा रोगबाट पीडित हुने व्यक्तिको रोगको जस्तै लक्षणहरू उत्पन्न गर्न सक्षम हुने औषधिहरूको प्रयोग गरेर रोग होइन रोगीको उपचार गरिन्छ। यो प्रकृतिको अटल सिद्धान्तमा आधारित छ। जसलाई अंग्रेजीमा ‘सिमिलिया सिमिलिबस क्युरेन्टर’ भनिन्छ भने संस्कृतमा ‘संम संम:समयति:’ भनिन्छ। जसको अर्थ हो– ‘समानता’ले ‘समानता’को उपचार।

को हो होमियोप्याथीको जन्मदाता ? : पश्चिमी जर्मनीको ड्रेसडेन नजिकै सैक्सोनी प्रान्तको माइसेन नामक सानो सहरमा क्रिश्चियन गोटफ्राइ ह्ेनिमेनकी दोस्रो पत्नी जोहाना क्रिस्टियानास्पेसको तेस्रो सन्तानको रूपमा क्रिश्चियन फ्रेडरिक स्यामुएल हेनिमेनको जन्म सन् १७५५ अप्रिल १० मा भएको थियो। उनका बुवा माटोको भाँडा बनाउने कारखानामा भाँडामा बुट्टा हाल्ने (चित्रकारी) काम गर्थे। स्यामुएल हेनिमेन प्रतिभाशाली विद्यार्थी थिए। उनी ग्रीक, ल्याटिन, अंग्रेजी, इटालियन, हिब्रु, सिरिया, अरबी, स्पेनिस, फ्रेन्च, जर्मनसमेत गरी १० भाषामा दक्ष थिए। उनले १७७९ मा एर्लान्जेन युनिभर्सिटीबाट २४ वर्षको उमेरमा एमडी (एलोप्याथी)को डिग्री हासिल गरे। रसायन शास्त्रमा गहिरो चासो भएकाले हेनिमेनलाई हसलर्स फार्मेसीसँग नजिक ल्यायो। जहाँ उनी हसलर्सकी सौतेनी छोरी हेनरिएट कुचलरसँग परिचित भए। १७ वर्षकी केटीसँग प्रेम गरेका उनले १७८२ मा उनै कुचलरसँग विवाह गरे। यसपछि उनले ड्रेस डेनको अस्पतालमा सिभिलसर्जन बनेर एलोप्याथिक चिकित्साको अभ्यास गरे।

होमियोप्याथीको जन्म : सन् १७९० मा डा. विलियम कुलेनको मेटेरियामेडिका अनुवाद गर्दा उनले पेरुवियन सिन्कोना बार्क औषधिको उपचारात्मक लक्षणबारे थाहा पाए कि यो स्वादमा तितो हुन्छ र मलेरिया ज्वरोका लागि राम्रो औषधि हो। हेनिमेन यस व्याख्यासँग असन्तुष्ट भए। पुष्टिका लागि उनले दिनको दुईपटक लगभग चार ड्रम २० एमएल औषधि खाए। अन्तत: उनले मलेरिया ज्वरोको मिल्दोजुल्दो लक्षण आफैंमा देखे। यो अप्रत्याशित नतिजाले उनको दिमागमा विचारहरूको नयाँ तरंग ल्याइदियो। उनले आफू र आफ्ना परिवारका सदस्य तथा आफ्ना शिष्यहरूमा अन्य औषधिको पनि यस्तै प्रयोग गरे। लगभग ६ वर्षसम्म प्रयोग, अध्ययन एवं अनुसन्धान गरेर हेनिमेन यो निष्कर्षमा पुगे कि यस्ता औषधिले रोगहरू निको पार्छन्।

हेनिमेन बिरामीको उपचार गर्थे, बिरामी ठीक हुन्थ्यो। कुनै बिरामी केही दिनपछि फेरि त्यही समस्या लिएर आउँथे। हेनिमेनलाई आश्चर्य लाग्यो कि निको भएको रोग किन बल्झिरहन्छ ? जबकि होमियोप्याथीमा छिटो, सहज र स्थायी रूपले रोग निको हुनुपर्छ। रोग आराम त भयो तर स्थायी रूपले समाधान भएन। किन भएन ? कारण त अवश्य छ। यसरी उनले गहिराई पत्ताा लगाए।

अन्तत: सन् १७९६ मेमा औषधिको उपचारात्मक शक्तिहरू र अघिल्लो सिद्धान्तहरूको केही परीक्षणका लागि ‘नयाँ सिद्धान्तको एक निबन्ध’ नामक शीर्षकको उनको निबन्ध ‘हुकेल्यान्ड जर्नल’मा प्रकाशित भयो। जसमा उनले आफ्नो नयाँ सिद्धान्त, ‘सिमिलिया सिमिलिबस क्युरेन्टर’को अवधारणा अघि सारेका थिए, ‘समानताले समानताको उपचार’ गर्छ। यसप्रकार उनले रोगको स्थायी चिकित्सा विधि खोजे र त्यसलाई ‘होमियोप्याथी’ नाम राखे। यसपछि उनले ‘अर्गनन अफ मेडिसिन’, ‘मटेरिया मेडिका प्युरा’ र ‘क्रोनिक डिजिज’ नामक पुस्तक लेखे जसमा होमियोप्याथी चिकित्साको सम्पूर्ण प्रणालीको वर्णन गरे। यसैले यस चिकित्सा पद्धतिको स्थापनाको श्रेय डा. स्यामुअल हेनिमेनलाई दिइन्छ। जसले जीवनको अन्तिम कालसम्म मानव सेवा गरे। त्यसैले उनलाई ‘फादर अफ होमियोप्याथी’ भनिन्छ। जसको २ जुलाई १८४३ मा ८९ वर्षको उमेरमा फ्रान्सको पेरिसमा निधन भयो।

होमियोप्याथी विधिका फाइदा :
 

  • छिटो निको हुन्छ।
  • हानिरहित उपचार दिन्छ।
  • कोमल र भरपर्दाे उपचार दिन्छ।
  • स्थायी र पूर्ण उपचार दिन्छ।
  • लक्षणहरूको सम्पूर्णता हटाउँछ।
  • दमन र पेलिएसन कुनै सम्भावना छैन।
  •  औषधीय रोगको सम्भावना छैन।

होमियोप्याथीको सिद्धान्त : सिमिलियाको सिद्धान्त (ल अफ सिम्लिया)मा उपचार हुन्छ। जसको अर्थ समान लक्षणहरू उत्पन्न गर्न सक्ने औषधिहरूको प्रयोग गर्नु हो। होमियोप्याथीको मूल मर्म भनेकै ‘रोग, उस्तै औषधिबाट निको हुन्छ’ भन्ने नै हो। जुन औषधिको मात्राले स्वस्थ शरीरमा जुन लक्षण उत्पन्न गर्छ, उही औषधिको सूक्ष्म मात्रा उस्तै रोगको लक्षण भएको प्राकृतिक रोगलाई निको गर्छ। ती कुनै पनि पे्रस्क्रिप्सन होमियोप्याथी होइन, जबसम्म समानताको सिद्धान्तको आधारमा छैन।

होमियोप्याथीमा एउटा रोग, एउटा औषधि : यसको अर्थ एकपटकमा रोगी व्यक्तिलाई उपचार गर्दा एउटा मात्र औषधि दिने हो अर्थात् एकलऔषधिको सिद्धान्त। हेनिमेन एकपटकमा दुई वा दुईभन्दा बढी औषधि मि श्रणको विरुद्धमा थिए। होमियोप्याथीमा समानता आवश्यकता भएकाले डा. हेनिमेनले आफ्नो लामो अनुभवको आधारमा एकपटकमा एउटा मात्र औषधि दिने विधान निश्चित गरे। होमियोप्याथी जन्म लिने कारण पनि एकल औषधि नै हो, मि श्रण होइन।

व्यक्तिपरक चिकित्सा : जुनसुकै रोग होस्, होमियोप्याथी चिकित्सा पद्धतिमा रोगको नाउँमा उपचार गरिँदैन। भन्नुको अर्थ रोगीको उपचार हुन्छ। रोगबाट ग्रसित व्यक्तिको मानसिक, शारीरिक एवं भावनात्मक लक्षणहरूको समष्टिगत रूपमध्ये नजर राखेर समानताको विधान अनुसार चिकित्सा गरिन्छ। जस्तो, ज्वरोको ५ जना रोगीको उपचार गर्नुपरे होमियोप्याथीमा ज्वरोको नाममा एउटै औषधिले उपचार गरिँदैन। अर्थात्, सम्पूर्ण लक्षणको आधारमा पाँचै बिरामीलाई भिन्नाभिन्नै औषधि दिइन्छ।

औषधिको न्यूनतम मात्रा : यसको अर्थ प्राकृतिक रोग जस्तै प्राणशक्तिमा कृत्रिम रोग उत्पन्न गर्न सूक्ष्म मात्रामा औषधि प्रयोग गर्नु हो। होमियोप्याथी विज्ञानको आधारमा रोगी व्यक्तिलाई रोगोपचारका लागि सेवन गर्न दिने औषधि सूक्ष्म मात्रामा हुन्छ। त्यसैले शरीरको प्रतिरोधक क्षमता पनि बढाउँछ।

होमियोप्याथीमा औषधि बनाउँदा कुनै पनि वनस्पति या पदार्थको औषधिको गुण महत्वलाई बुझेर पहिले त्यसको मूलअर्क (मदर टिन्चर)को रूपमा तयार गरिन्छ। फेरि त्यसलाई शक्तीकरण गर्न दुइटा मुख्य प्रक्रिया ट्राइच्युरेसन (पाउडर) र अर्को पोटेन्टाइजेसनका माध्यमले औषधिलाई शत्तिाmकरण गरिन्छ। यो एक शक्तीकरणको प्रक्रिया हो।

औषधि प्रमाणित गर्ने सिद्धान्त : औषधिको रोगजनक शक्ति (रोग निको पार्ने शक्ति)को विभिन्न उमेर, लिंगका विभिन्न स्वस्थमानिसमा औषधिको प्रयोग गरिन्छ। यसरी औषधिको मूल लक्षणहरू जान्ने, बुझ्ने र अनुसन्धान गर्ने व्यवस्थित प्रक्रिया हो। होमियोप्याथीमा प्रयोग गरिने औषधिहरूको परीक्षण प्रयोग स्वस्थ व्यक्तिहरूमा हुन्छ। जनावर वा रोगीहरूमा गरिन्न। होमियोप्याथीको मत अनुसार जनावर वा रोगीहरूमा गर्नु र स्वस्थ व्यक्तिमाथि औषधिको परीक्षण गर्नुमा ठूलो अन्तर छ। किनभने एउटा औषधि द्रव्यले जनावरलाई कुनै नोक्सान गर्दैन तर उही औषधि मानिसका लागि घातक हुनसक्छ।

जनावारमाथि प्रयोग भएका औषधि मानिसमा घातक हुनसक्छ : वेलाडोना नामक औषधिको हरियो पात खरायोले बडा मजासँग खान्छ र मजाले पचाउँछ पनि। यस्तै, एकोनाइट नामक औषधिको पात हात्तीले खान्छ र पचाउँछ। जनावरहरूमा यसरी प्रयोगात्मक परीक्षण गरेर सोही औषधि मानिसका लागि उपयुक्त ठान्नु गलत निष्कर्षमा पुग्नु हो। किनभने जनावरको खानपिन तथा रहनसहन मानिसको रहनसहन र खानपिनमा धेरै भिन्नता छ। जनावरको मनमाथि औषधिको के कस्तो प्रभाव प¥यो भन्ने जान्न झन् कठिन छ। होमियोप्याथिक हेरिटेज मार्च १९९३ को अंकमा डा. केरोल डनहमले कोलचिकम नामक औषधि द्रव्यको प्रभावको उल्लेख गर्दै भनेका छन्, ‘यदि कुकुरलाई कोलचिकम अल्पमात्रामा दिइयो भने भयंकररूपले बान्ता र दिशा गर्न थाल्छ। गाईलाई दियो भने पिसाब कम भई पेट फुलेर आउँछ। खरायोलाई दिने हो भने घरिघरी पिसाब गर्न थाल्छ र भ्यागुतालाई दिने हो भने कुनै पनि असर हुँदैन।’ हेनिमेनको भनाइ छ कि होमियोप्याथीमा आधुनिक चिकित्सा पद्धति एलोप्याथीको जस्तो समय–समयमा औषधि बदलिने गर्दैन। यसको आधार दुई सय वर्ष पहिले जुन थियो, आज पनि त्यही छ र शताब्दी पछिसम्म रहने छ। यसप्रकार होमियोप्याथीमा प्रयोग गरिने औषधिहरूको परीक्षण स्वस्थ मानिसमा गरिएको परीक्षणमा आधारित हुन्छ।

औषधि शक्तीकरणको सिद्धान्त : होमियोप्याथीमा औषधि बनाउँदा कुनै पनि वनस्पति या पदार्थको औषधिको गुण महत्वलाई बुझेर पहिले त्यसको मूलअर्क (मदर टिन्चर)को रूपमा तयार गरिन्छ। फेरि त्यसलाई शक्तिकृत गर्न दुईवटा मुख्य प्रक्रिया ट्राइच्युरेसन (पाउडर) र अर्को पोटेन्टाइजेसनका माध्यमले औषधिलाई शक्तिकरण गरिन्छ। यो एक शक्तिकरणको प्रक्रिया हो। होमियोप्याथी औषधिको सूक्ष्म मात्रा विशेषरूपले शक्तिकरण गरी तयार गरिन्छ। यसले औषधिको उपचारात्मक गुणहरूको अन्तर्निहित शक्तिलाई जुन सुप्त अवस्थामा रहन्छ, त्यसलाई सक्कसन् अर्थात् हल्लाउने काम गरिन्छ। यसरी शक्तिकरण गरिन्छ। जसलाई औषधि शक्तीकरण भनिन्छ। आधुनिक युगमा शक्तिकरणको निर्माण अटोमेटिक मेसिनद्वारा गरिन्छ।

 
जुनसुकै रोग होस्, होमियोप्याथी चिकित्सा पद्दतिमा रोगको नाउँमा उपचार गरिँदैन। भन्नुको अर्थ रोगीको उपचार हुन्छ। रोगबाट ग्रसित व्यत्तिाmको मानसिक, शारीरिक एवं भावनात्मक लक्षणहरूको समष्टिगत रूपमध्ये नजर राखेर समानताको विधान अनुसार चिकित्सा गरिन्छ। जसले शरीरको प्रतिरोधक क्षमता पनि बढाउँछ। 

प्राण शक्तिको सिद्धान्त : यसको अर्थ मानिसको स्वस्थ अवस्थामा आध्यात्मिक जीवनी शक्तिले जीवलाई जीवन्त बनाउनु र संवेदना एवं कार्य दुवैको सन्दर्भमा जीवका सबै अंगलाई सामन्जस्यपूर्ण अवस्थामा राख्नु हो। जसलाई जीवनी शक्ति (भाइटल फोर्स) भनिन्छ। स्वास्थ अवस्थामा यो जीवनी शक्ति शरीरलाई बाहिरबाट आक्रमण गर्ने रोगबाट बचाउँछ, तर रोगावस्थामा यो नकारात्मक रूपले प्रभावित हुन्छ। जुन विभिन्न प्रकारमा लक्षणहरू शरीरमा प्रकट हुन थाल्छ। यिनै लक्षणलाई एकत्रित गरी चिकित्सा विज्ञले रोगको नाम दिन्छ।

पुरानो रोगको सिद्धान्त : हेनिमेन बिरामीको उपचार गर्थे, बिरामी ठीक हुन्थ्यो। कुनै बिरामी केही दिनपछि फेरि त्यही समस्या लिएर आउँथे। हेनिमेनलाई आश्चर्य लाग्यो कि निको भएको रोग किन बल्झिरहन्छ ? जबकि होमियोप्याथीमा छिटो, सहज र स्थायीरूपले रोग निको हुनुपर्छ। रोग आराम त भयो तर स्थायी रूपले समाधान भएन। किन भएन ? कारण त अवश्य छ। जुन बिरामी जीर्णरोगको समस्या लिएर आउँथे तिनलाई हेनिमेन पारिवारिक र व्यक्तिगत रूपमा ‘हिस्ट्री’ खोतल्न थाले। यसरी, १२ वर्षसम्म हेनिमेनले ‘केस हिस्ट्री’ संग्रह गरे। उनले के देखे भने कुनै रोगी छालामा चिलाउने रोग, कसैमा मुसा आएको, कसैमा टिबी, कसैमा ट्युमर, कसैमा दम, कसैमा गनोरिया (यौनजन्य रोग) भएको इतिहास पाइयो। शरीरभित्र अदृश्यरूपमा बाधकको रूपमा बसेको पाए। यो एउटा ‘डायनामिक फ्याक्टर’ हो, जो देखिँदैन भन्ने थाहा भयो। हेनिमेनले पुरानो रोगलाई चार भागमा वर्गीकरण गरे। पुराना रोगहरूको वास्तविक आधारभूत कारणलाई उनले ‘मियाज्म’को नाम दिए।

औषधिको स्रोत : औषधिहरू विभिन्न स्रोत र विभिन्न भाग, विभिन्न स्राव जसको प्रत्येक स्रोतका विभिन्न उत्पादनहरूबाट तयार हुन्छन्। जस्तै, फंगस, च्याउ, झार, जडिबुटी, पात, फूल, काण्ड, बोक्रा, जरा, बिउ र सम्पूर्ण बिरुवा। उदाहरण– एकोनिटम, नापेल्लुस र अर्निकामोन्टाना।

पशुजन्य : यसले सम्पूर्ण रूपमा जनावार र तिनको शरीरको कुनै अंग वा स्राव वा उत्पादन जस्तै दूध, लार र विषहरू समावेश गर्छ। जस्तै, माथि भनिएको दक्षिण अफ्रिकामा पाइने विषालु सर्पबाट बनेको औषधि।

खनिज पदार्थ : यसमा धातु, गैरधातु, अर्गानिक, अम्ल र नुन, जैविक अम्ल र मिश्रण, खनिज, खनिज तेल र स्प्रिङ वाटर, कोइलाटार, सिलिका समावेश छ। उदाहरण– सिलिका, सल्फर, फस्फोरस, कार्बोवेज (कोइला) आदि।

सारकोडस् : यसमा स्वस्थ इन्डोक्राइन वा डक्टलेस ग्रन्थीहरू वा जीवित मानव अंगहरू र जनावरहरूको सामान्य स्रावहरू समावेश हुन्छन्, स्रावहरू प्राय: हर्माेनहरू हुन्। उदाहरण– थाइरोइडिनम नामक होमियोप्याथिक औषधि भेडाको थाइरोइड ग्रन्थीबाट बनाइन्छ जसबारे सुरुमै चर्चा गरिएको छ।

हेनिमेन बिरामीको उपचार गर्थे, बिरामी ठीक हुन्थ्यो। कुनै बिरामी केही दिनपछि फेरि त्यही समस्या लिएर आउँथे। हेनिमेनलाई आश्चर्य लाग्यो कि निको भएको रोग किन बल्झिरहन्छ ? जबकि होमियोप्याथीमा छिटो, सहज र स्थायी रूपले रोग निको हुनुपर्छ। रोग आराम त भयो तर स्थायी रूपले समाधान भएन। किन भएन ? कारण त अवश्य छ। यसरी उनले गहिराई पत्ताा लगाए।
 

नोसोडस् : यसमा रोग उत्पादन गर्ने एजेन्टहरू मानिस, जनावर वा बिरुवाहरूको रोगग्रस्त भागहरू समावेश गरिन्छ। उदाहरण– कार्सिनोसिन, ट्युबरकुलिनम आदि।

भारहिन तत्व : यसले प्राकृतिक वा कृत्रिम पदार्थहरू समावेश गर्छ जसको कुनै बोधगम्य वजन छैन। उदाहरण– एक्स–रे, म्याग्नेटिस पोलस अस्ट्रियालिस आदि।

औषधिको शक्ति : होमियोप्याथिक औषधिहरू तीन तहमा तयार हुन्छन्। जुन यसप्रकार छन् :

डेसिमल स्केल : यस मापनमा औषधिय पदार्थको एक भाग अनौषधीय पदार्थको नौ भाग मिसाएर बनाइन्छ। जसमा निश्चित समयसम्म झड्का दिएर हल्लाइन्छ र औषधिको पहिलो शक्ति तयार पारिन्छ। यो औषधिको शक्तिलाई वान एक्स चिह्नले जानिन्छ। क्रमश: औषधिको शक्तिलाई बढाइन्छ। उपयोगी शक्ति क्यू, थ्री एक्स, सिक्स एक्स, टुभेल एक्स।

सेन्टेसिमलस्केल : यस स्केलमा चयन गरेको औषधिय द्रव्यको एक भागलाई ९९ भाग अल्कोहल मिसाएर सय पटक हल्लाउनुपर्छ। यसरी १सी प्रथम शक्ति तयार हुन्छ। यसैबाट फेरि दोस्रो शक्ति तयार गर्दा १ एमएल प्रथम पोटेन्सीको ९९ एमएल अल्कोहल मिसाएर माथि उल्लेख गरिएअनुसार बनाइन्छ। औषधिको शक्तिलाई ‘सी’ चिन्हद्वारा जनाइन्छ।

फिफ्टीमिलिसिमल स्केल : यस मापनमा चयन गरिएको औषधिको एक थोपा ‘मदरटिन्चर’लाई १०० थोपा अल्कोहलमा मिसाएर १०० पटक जोरले झट्का दिनुपर्छ। पप्पिसाइजको सानो सेतो दाना (ग्लोबुल)लाई यसमा भिजाएर पहिलो शक्ति बनाइन्छ। दोस्रो शक्ति बनाउँदा पहिलो शक्तिको १ ग्लोबुललाई एक थोपा पानी र १०० थोपा अल्कोहल मिसाएर बनाइन्छ। औषधिको शक्तिलाई एलएम-१ वा ०-१ लाई एलएम-३० वा ०-३० द्वारा जनाइन्छ।

भेकल : वाहन शब्दको अर्थ ‘ट्रान्समिसन’ हो। तसर्थ, होमियोप्याथिक साधनलाई एक पदार्थको रूपमा परिभाषित गरिएको छ। जसमा औषधिहरू तयार वा मिश्रित गरी तिनीहरूको आन्तरिक प्रशासनका लागि मौखिक वा घ्राण विधि र औषधिहरूका लागि बाह्य प्रयोगद्वारा दिइन्छ। ती साधनहरू यस प्रकार छन् : दूधको चिनी (सुगर अफमिल्क), ग्लोब्युल्स (सेतो गुलियो दाना)।

ट्याब्लेटहरू : डिस्टिल वाटर (पानी), अल्कोहल, ग्लिसरिन, जैतुनको तेल, भ्यासलिन र ल्यानोलिना।

औषधिको स्वरूप : होमियोप्याथी औषधिहरू प्राय: गरे र पाउडर (सेतो धुलो) सेतो दान (गोली) र पानी जस्तो (डाइल्युसन) तथा तरल झोल (मूल अर्क) मदर टिन्चरको रूपमा पाइन्छ। मूल अर्कको प्रयोग बाहिरी र केही मूल अर्कोको प्रयोग भित्री सेवनका लागि पनि गरिन्छ। होमियोप्याथिक अस्पताल, होमियो नि:शुल्क चिकित्सालय तथा प्राइभेट होमियोप्याथिक क्लिनिकहरूमा बिरामीलाई दिइने औषधिको माध्यम सुगर अफ मिल्क, (सेतो धूलो पाउडर) तथा मसिना सेता गुलिया दाना जसलाई ग्लोबुल्स भनिन्छ। सेता गुलिया दाना (ग्लोबुल्स)मा डाइल्युसन पानी जस्तै झोल औषधि आवश्यकता अनुसार दानामा हालेर तयार गरी त्यसको मात्रा (डोज) बनाइ प्रयोग गरिन्छ।

होमियोप्याथीमा शिक्षितमै भ्रम : होमियोप्याथिक औषधिहरूको एउटै किसिमको आकार–प्रकार देखेर कैयौंपल्ट शिक्षित व्यक्तिहरू यस्तो भ्रममा पर्छन् कि कुनै पनि रोगका लागि होमियोप्याथिक चिकित्सकले जसलाई पनि एउटै प्रकारका सेतोदाना (साना गोली) औषधि दिन्छन् भन्ठान्छन्। समान देखिने सेतो गुलियो दाना रोगीको शरीरमा औषधि पु¥याउने एउटा माध्यम मात्र हो। सेतो दाना स्वयंमा कुनै औषधि होइन। भौतिक रूपले समान देखिएता पनि त्यसमा औषधीय प्रभाव पनि एकनाश हुन्छ भन्ने कुनै जरुरी छैन। जस्तै: बसपार्कमा देखिने सबै बस एउटै ठाउँमा जाँदैनन्, सबैको आआफ्नो गन्तव्य स्थान र छुट्ने समय फरक–फरक हुन्छ।

प्रशासनको मोड : सामान्यतया शरीरमा औषधीय पदार्थहरू पु¥याउने विभिन्न तरिका छन्। जुन यसप्रकार छन् : मौखिक विधि – मुखबाट। यो जलीय घोल, सिरप, एलिक्सर, इमल्सन, मिश्रण, पाउडर, क्याप्सुल र चक्की हुनसक्छ। म्युकोसल अवशोषण विधि – यसमा रेक्टल अवशोषणलाई अनुमान र नाकको सेप्टमको रूपमा पाउडर हालेर वा सास फेर्न समावेश गर्छ। छाला अवशोषण विधि– यो लोसन र मलमको रूपमा गरिन्छ।

डा. मिश्र वरिष्ठ होमियोप्याथिक कन्सल्ट्यान्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.