यस वर्ष दशैंको टीका लगाउने साइत कति बजे उत्तम छ ?
काठमाडौं : यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनेटमा उत्तम मानिएको छ।
उक्त दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको छ।
त्यसैगरी १८ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर १४ मिनेटमा, २२ गते फुलपाति तुलजाभवानी यात्रा बिहान ७ बजेर ११ मिनेटमा उत्तम मानिएको छ।
समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने उल्लेख छ।