मुक्तकबाटै हाँक र चुनौती

मुक्तकबाटै हाँक र चुनौती
सुन्नुहोस्

कवयित्री कल्पना काफ्लेको भर्खरै प्रकाशित कृति हो, अशान्त धड्कन। उनले अनुभूतिको लघुतम यात्रामा पनि आफ्नो चमत्कार देखाएकी छन्। छन्द कवितामा आफ्नो सुन्दर पहिचान बनाइसकेकी उनले मुक्तकमा पनि प्रवेश गरेर आफ्नो सिर्जनशील क्षमता प्रकट गरेकी छन्। साहित्यको विद्यार्थी भएर उच्चतम योग्यता हासिल गरेकी उनी मुक्तकको सैद्धान्तिक प्रक्रियाप्रति पनि सचेत छन्। उनको यस कृतिभित्र दुई सय बीस मुक्तक अणु मिसायल झैं भएर प्रस्तुत भएका छन्।

विकृति विसंगति छाएको समाजमा सबैको मन मस्तिष्क अशान्त रहन्छ। मन–मस्तिष्क अशान्त भएपछि धड्कन पनि उद्विग्न भएर चलिरहन्छ। यही अशान्त व्यक्ति र समाजप्रति लक्षित गरेर मुक्तक शृंखलाहरूको शीर्षक राखेकी छन्, अशान्त धड्कन। यो मुक्तकका निम्ति सटिक र सार्थक शीर्षक हो। यी सबै मुक्तक विकृति विसंगतिप्रतिका चड्कन हुन्। उनका यी सबै मुक्तक गजल शैलीको रदिफ काफियायुक्त चतुष्पदीय ढाँचामा निबद्ध छन्। यो अहिलेको मुक्तक संरचनाको सर्वाधिक प्रचलित विधि हो। उनी पहिलो कृतिमै मुक्तक संरचना विधिमा खरो उत्रिएकी छन्। सिकारुदेखि उदियमान र स्थापितसम्मका लागि उनका मुक्तक प्रेरणाप्रद छन्।

पहिलो चरणमा कवि शब्द र भावनामा खेल्छ। दोस्रो चरणमा प्रतीक र बिम्ब ढाल्ने प्रयास गर्छ। तेस्रो चरणमा पुगेपछि विचारसमेत मुखरित गर्ने प्रयास गर्छ। चौथो चरणमा पुगेपछि तीनै तहका क्षमता एकसाथ प्रकट गर्ने प्रयास गर्छ। संग्रह समकालीन सबैका निम्ति हाँक हो। आगामी कृति प्रकाशनका निम्ति कल्पना स्वयं‌लाई पनि एक गम्भीर चुनौती हो। यो उनको प्रतिभा ऐना पनि हो, जो आफ्नै रूपलाई हेरेर दंग हुँदै आफैंलाई निखार्ने प्रयत्नमा पनि प्रेरणा प्रदान गर्ने छ। मुक्तकहरूको प्रस्तुतिबाटै थाहा हुन्छ। उनका मुक्तकको प्रेरणाको स्रोत असंगत समाज नै हो। अशान्त समाजदेखि अनदेखा गर्ने उनको बानी छैन। उनी मनका ऊर्जा मुक्तकको अँगेनोमै समेटेर भोजन तयार पार्न सक्रिय छन्। कवितामा सौन्दर्य बिस्तार गर्ने उनले मुक्तकमा राजपथ नै निर्मित छन्।

यसमा कल्पनाका विचित्र अनुभूति छन्। जीवनप्रतिका सुन्दर दृष्टिकोण छन्, व्यंग्य विद्रोहका स्वर छन्। सम्बन्ध र भुलका अनुभूतिहरू छन्। राजनीतिक चरित्रका पर्दाफास छन्, समयको क्रूरता र निष्ठुरताका चित्र छन्। स्वार्थी र चिप्ला पण्डितका भ्रमहरू छन्। रोमाञ्चक अनुभूतिहरू छन्। राष्ट्रप्रति आस्था र अनुराग छन्। भत्किएका विश्वास र आश्वान्वित सपनाहरू पनि छन्। 

सबै मुक्तकका विषय र भावमा विविधता छ।

अन्त्यमा, समाजका विकृत र विसंगत पक्षदेखि म पनि क्षुब्ध छु।

मुक्तकका सुवास र सौन्दर्यको प्रभावबाट म पनि मुग्ध छु।।

आफ्नै स्मृतिबाट उत्प्रेरित हुँदै अझै उम्दा मुक्तक लेख नानी!

तिम्रा सपना र योजनाहरूबाट म पनि खुसी र सन्तुष्ट छु।।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.