बीपीका विचार चिरस्थायी

बीपीका विचार चिरस्थायी
सांकेतिक तस्बिर।

देहावसानको ४ दशकपछि पनि बीपी कोइरालाको जीवन संघर्ष गाथा तथा कतिपय विचारधारा चिरस्थायी छन्। पे्ररणाका स्रोत हुन्। बीपीले सुरुमा देशमा लोकतन्त्र र समाजवादको जग बसाउन जीवनमा कम्ती संघर्ष गर्नु परेन। राष्ट्रिय एकता तथा मेलमिलापको नीतिमार्पmत राष्ट्रको बाँच्ने सामर्थ अघि बढाउन उनले जीवनमा के मात्र गर्नु परेन ? उनका महान योगदानका सन्देशले सजीव चित्र तथा ताजा सन्देश प्रवाह गर्छन्। बीपी विचारका कतिपय सान्दर्भिकता अझै पनि सकिएका छैनन्। कतिपयले बीपी कोइरालाका खासखास नीति निर्देशन त्याज्य गरिँदा नै देशको परम्परावादी शक्ति विस्थापित हुन पुगेको औंल्याउँछन्। ०६२/०६३ सालको बाढी जस्तो राजनैतिक परिवर्तन पनि नयाँ जनपक्षका लागि सम्हाली नसक्नु भएको आजको वास्तविकताले देखाउँछन्।

देशको वर्तमान परिप्रेक्षसँग मिल्दाजुल्दा बीपी कोइरालाका मुख्य–मुख्य केही विचार तथा विशेषता शुत्रबद्ध गर्न सकिन्छ।

१. बीपी कोइरालामा विश्व राजनीति तथा क्षेत्रीय चासोको राम्रो ज्ञान थियो। नेपालको बाँच्ने सामथ्र्यबारे उहाँ सदा सजग रहनुहन्थ्यो र अरूलाई पनि सजग गराइरहनुहुन्थ्यो।

२. कम्युनिस्टहरूसँग मिल्नु हुँदैन भन्नेमा बीपी कोइरालाको अर्को विशेष जोड हुन्थ्यो। कम्युनिस्टहरूको परिकल्पना तथा लक्ष्यको राज्य तथा पद्धति र लोकतन्त्रवादीहरूको मूल्य मान्यता तथा विश्वासको राज्य पद्धतिबीच आकाश जमिनको अन्तर छन्। त्यसैकारण कम्युनिस्टहरूसँग सदा प्रतिस्पर्धाका लागि तम्तैयार रहनुपर्छ भन्ने उहाँको दृढ धारणा तथा अटल विश्वास थियो।

३.राष्ट्रिय स्वतन्त्रन्ता, स्वाधीनता, लोकतन्त्र तथा समाजवादप्रति बीपी कोइरालाको प्रतिबद्धता कडा थियो। सम्पूर्ण जीवन उहाँले यिनै मूल्य मान्यतामुखी संघर्षमा अर्पण गर्नुभएको थियो। यिनलाई सँगसँगै लिएर जानसके मात्र नेपाल एक स्थिर, सबल, कलहमुक्त, शान्त तथा सुरक्षित राष्ट्र भएर रहन सक्छ भन्नेमा उहाँको दृढ धारणा तथा अटल विश्वास थियो।

४. बीपी तर्क पु¥याएर चाहिने कुरा बोल्ने तथा आफूले बोलेका कुरा पूरा गरेर देखाउन सदा होसियार हुनुहन्थ्यो। लोकतन्त्र तथा समाजवादका मूल्य मान्यता आम जनताको दैनिक जीवनमा उतार्नुपर्छ भन्ने अर्थमा उहाँ व्यवहारवादी नेता हुनुहुन्थ्यो। ०१६ सालमा १८ महिना प्रधानमन्त्री हुँदा भूमिसुधार ऐन, श्रमिक ऐन तथा प्रशासनिक ऐनमा युद्धस्तरमा बहुआयामिक सुधार गर्दै एवं परराष्ट्र नीति छिमेकी मैत्री बनाउँदै उहाँले जुन किसिमको समाजवादी ढाँचाको सरकार चलाएर जनताको अगाध आस्था आर्जन गर्नु भएको थियो, त्यस्तो नमुना आदर्शको सरकार यो देशमा फेरि कहिले देख्न पाइने होला ? 

(ढुंगाना पूर्वसभामुख हुन्। )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.