सबै माओवादी एकै ठाउँमा केन्द्रित बनौं, त्यो तागत ठूलो हुने वाला छ : प्रचण्ड

सबै माओवादी एकै ठाउँमा केन्द्रित बनौं, त्यो तागत ठूलो हुने वाला छ : प्रचण्ड
सुन्नुहोस्

उनले माओवादी नेतृत्वको सरकारमा हुँदा यो पनि भएन, त्यो पनि भएन भनेर प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्ने काम माओवादीले गर्न नहुने धारणा राखे।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी एक ठाउँमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले माओवादीको मर्म एउटै भएकाले एकै ठाउँ आउनुको विकल्प नभएको बताएका हुन्। 

हत्या, हिंसाबारे एमालेका नेताहरु पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले घोषणा गरे।

‘सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ। माओवादी आन्दोलनसँग सम्बन्धित, शहिद र बेपत्तासँग सम्बन्धित मर्म त एउटै छन्। हामी सबैले माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्ने बित्तिकै त्यो तागत ठूलो हुनेवाला छ।’प्रचण्डले भने, ‘र त्यो तागतले मात्रै प्रतिक्रियावादीको जालजेललाई परास्त गर्छन्। हामीसँग हजारौं शहिद छन्, यो हाम्रो शक्ति हो। प्रतिनिधि सभाका कहिले सानो संख्या होला कहिले ठूलो।’

उनले माओवादी नेतृत्वको सरकारमा हुँदा यो पनि भएन, त्यो पनि भएन भनेर प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्ने काम माओवादीले गर्न नहुने धारणा राखे। हत्या, हिंसाबारे एमालेका नेताहरु पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले घोषणा गरे। उनले भने, ‘हत्या, हिंसाबारे जो कुरा उठाएका छन् एमालेका नेताहरुले, उनीहरु पछाडि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ। सबैतिबाट साथ सहयोग चाहिन्छ।’

उनले शान्तिपूर्ण ढंगले मोर्चा बनाएर लड्ने ठाउँ भएको बताए। प्रचण्डले माओवादी केन्द्रको ध्यान आयोगमा मान्छे ल्याउनेमा रहेको उल्लेख गरे। ‘अब हाम्रो ध्यान चाहिँ आयोग बनाउने र आयोगमा सहि नेतृत्व ल्याउने कुरामा छ। प्रतिनिधि सभामा हामी कमजोर छौं तर माओवादी कमजोर होइनौं, हाम्रो विरासत छ।’

आफूहरुले प्रतिनिधि सभामा बोलेको बताउँदै उनले सांसद नभएकाले सडकबाट बोलिदिन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.