माओवादीलाई महासचिव पोखरेलको प्रश्न :

‘एमालेका पौने ५ सय कार्यकर्ता मारिए, जनयुद्ध कसरी भन्न सकिन्छ ?’

‘एमालेका पौने ५ सय कार्यकर्ता मारिए, जनयुद्ध कसरी भन्न सकिन्छ ?’

एमाले र कांग्रेसले आगामी निर्वाचन एक्ला एक्लै लड्ने घोषणा गरेका छन्। माओवादीले २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेससँग मिलेर निर्वाचन लडेको थियो।

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एक्ल एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णयले माओवादी केन्द्रमा त्रास सिर्जना भएको बताएका छन्। शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जनताको मन जितेर संसदमा र सरकारमा आउन माओवादी केन्द्रलाई सुझाव दिएका हुन्। 

एमाले र कांग्रेसले आगामी निर्वाचन एक्ला एक्लै लड्ने घोषणा गरेका छन्। माओवादीले २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेससँग मिलेर निर्वाचन लडेको थियो।

द्वन्द्वमा एमालेका पौने ५ सय कार्यकर्ता मारिएकाले जनयुद्ध भन्न नसकिने धारणा राखे। ‘माओवादी नेतृत्वका लागि यति कुरा हेक्का राख्नुपर्छ, उहाँहरुलाई जनयुद्ध होला तर, अन्य राजनीतिक दल र जसका विरुद्ध उहाँहरुले हतियार प्रयोग गर्नुभयो उहाँहरुका लागि जनयुद्ध हुन सक्छ कि सक्दैन ? ख्याल राख्नुपर्दैन ? माओवादीले भनेको जनयुद्ध स्वीकार गर्नु अरु पार्टीका लागि आवश्यकता रहेको छैन।’ 

जनयुद्ध भनिदियोस् भनेर माओवादीले गरेको आग्रह एमालेलाई स्वीकार्य नभएको उनको टिप्पणी गरे। सशस्त्र युद्ध, हत्या, हिंसाका बारेमा चर्चा हुँदा, संसदमा बहस चल्दा संसदमा असंसदीय शब्द भन्नु उचित नभएको धारणा राखे। महासचिव पोखरेलले उनले माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डले संसदमा असंसदीय र अमर्यादित गतिविधी देखाएको आरोप लगाए। माओवादीले संसद अवरोध गर्नु अनुचित रहेको उनको भनाई छ। माओवादीले संसदीय कानुन नबुझेर सभामुखले गरेको रुलिङ नमानेको बताए। 

नयाँ सरकार गठनको सय दिन पुरा नहुँदै सरकारको संसदमा विभिन्न बाहानावाजी गर्दै आलोचना गर्ने, संसद अवरुद्ध गर्ने काम असंसदीय र अमर्यादित भएको महासचिव पोखरेलले बताए। दुई ठूला पार्टी कांग्रेस र एमालेका बीचमा अन्तरविरोध पैदा गर्दै सत्तामा रहिरहने माओवादी सोच मुलुकमा अस्थिरताको मूल कारण भएको भन्दै अब मुलुकले त्यसबाट छुटकारा पाएको धारणा राखे।

यसैगरी उनले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताए। गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको उनको दाबी छ। उनले राज्यको अनुसन्धानले थप प्रष्ट हुने धारणा राखे।  महासचिव पोखरेलले सहकारी छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुले क्लिन चिट पाएको भन्दै हिँड्नु गैरजिम्मेवारपना भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.