एन्फा महिला लिगमा संकटा विजयी

एन्फा महिला लिगमा संकटा विजयी
सुन्नुहोस्

काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६-० गोल अन्तरले पराजित गर्‍‍यो। संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन्। ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन्। जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ।

सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो। त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा पुलिस क्लबले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्‍यो। पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.