पर्सामा युवा नेताहरूले छाडे उपेन्द्र यादवको साथ, अशोक राईको जसपामा प्रवेश

पर्सामा युवा नेताहरूले छाडे उपेन्द्र यादवको साथ, अशोक राईको जसपामा प्रवेश
सुन्नुहोस्

वीरगन्ज : जनता समाजवादी पार्टी(जसपा) नेपालका पर्सा जिल्लाका सचिव तबरेज अहमदसहितका युवा नेताहरू जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर उनीहरू अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन्। जसपा नेपालका जिल्ला सचिव अहमदसँगै वीरगन्ज महानगर सचिव असलम अन्सारी र समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकी पनि राई नेतृत्वको  जसपामा प्रवेश गरेका हुन्।

शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा जसपा नेपालका उपमहासचिव तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र जसपाका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवप्रवेशीहरूलाई माला लगाएर पार्टीमा स्वागत गरे। 

जपसपामा प्रवेश गरेका जिल्ला सचिव अहमदले सत्तामा रहँदा मधेशको मुद्दा बिर्सिने तर सत्ताबाट बाहिरिने बित्तिकै मधेशको मुद्दा उचाल्ने प्रवृत्ति भएका उपेन्द्र यादव र उनको पार्टीबाट मधेशको हित नहुने देखेर आफूहरूले जसपा नेपाल परित्याग गरेको प्रतिक्रिया दिए। विगतको मधेश आन्दोलनमा रगत र पसिना बगाएका नेताहरू अशोक राई नेतृत्वको जसपामा रहेकाले उनीहरूसँगै फेरि एक भएर मधेशका लागि संघर्ष गर्न आफूहरू जसपामा प्रवेश गरेको उनले बताए। 

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै जसपाका उपमहासचिव तथा खानेपानी मन्त्री यादवले युवा र जुझारु नेताहरू आफ्नो पार्टीमा प्रवेश गरेकाले पर्सामा अब उपेन्द्र यादवको पार्टीको जग नै धरासायी बनेको बताए। सत्तामा पुग्दा नेता–कार्यकर्तालाई बिर्सिने र विदेश भ्रमणमा मात्रै मोजमस्ती गर्न रुचाउने तर सत्ता बाहिर हुँदा मात्रै कार्यकर्ता खोज्ने उपेन्द्र यादवको प्रवृतिबाट आजित कार्यर्ताहरूले उनको साथ छोड्दै गएको उनले बताए। 

केही दिनमै पर्सामा जसपा नेपालका जिल्ला तहका बाँकी नेताहरू पनि जसपामा प्रवेश गर्ने दाबी गर्दै त्यसका लागि तयारी गरिरहेको उनले बताए। यस्तै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले युवा नेताहरूको प्रवेशले अब पर्सामा जसपा नै मधेशको असली पार्टी रहेको पुष्टि भएको जिकिर गरे। उनले नवप्रवेशीहरूलाई पार्टीले उनीहरूको विगतको योगदान र सक्रियतालाई मूल्यांकन गरेर उचित जिम्मेवारी दिने पनि बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.