वर्तमान सरकार सुरुवाती चरणमै असफल बन्यो : दाहाल

वर्तमान सरकार सुरुवाती चरणमै असफल बन्यो : दाहाल
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गरे। कुलमान र उपसभामुखलाई हटाउन खोज्ने प्रयास माओवादी र जनतालाई स्वीकार्य नभएर सत्तारुढ दलहरू पछि हटेको उनले बताए।

वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए। अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गर्दै अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताए। उनले अहिले एकथरीले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरंकुश अवस्थामा मुलुकलाई लैजान खोजेको आरोप लगाए।

उनले पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरूमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जनसमर्थनले आफू थप उत्साहित भएको पनि बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.