आयोजकले उचाल्यो जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि

आयोजकले उचाल्यो जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि
सुन्नुहोस्

सिमराः आयोजक सिमरा भेट्रान क्लबले जितपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। सिमरा रंगशालामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा सरस्वती नगर भेट्रान क्लब काठमाडौंलाई २–० ले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो।

आयोजकको जितमा कृष्ण शाक्य र विनोद परियाले एक–एक गोल गरे। प्रतिस्र्धात्मक फाइनल खेलको अन्तिम समयमा आयोजकले दुई गोल गरेको थियो। खेलको अन्तिम समयमा सिमरालाई पेनाल्टीको अवसर दिने रेफ्रीको निर्णयप्रति काठमाडौंले असन्तुष्टि जनाएको थियो। जितसँगै आयोजक टिमले तीन लाख प्राप्त गरेको छ भने उपविजेता काठमाडौंले एक लाख ५० हजार पाएको छ। 

विजेता तथा उपविजेता टिमका खेलाडीलाई मधेस प्रदेशका युवा, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मोहन खत्री, प्रहरी नायक उपरीक्षक चिरञ्जिवी दाहाल, मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, आयोजक क्लबका अध्यक्ष बिजय राउत लगायतले पुरस्कार वितरण गरेका थिए। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका सूर्यमान तामाङ घोषित भए। उनले ४२ इन्चको एलइडी टिभी प्राप्त गरे। अल्ट्रा अभियान वीरगन्जले सर्वोत्कृष्ट खेलाडीलाई टेलिभिजन उपलब्ध गराएको हो। 

विधागततर्फ प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक क्लबका कृष्ण शाक्य, उत्कृष्ट डिफेन्डर सरस्वती नगरका अनल आचार्य, उत्कृष्ट मिडफिल्डर सरस्वती नगरका हर्कराज गुरुङ, उत्कृष्ट फरवार्ड सरस्वती नगरका युवराज भुजेल, उत्कृष्ट गोलरक्षक आयोजक क्लबका सुनिल तामाङ घोषित भएका छन्। फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार आयोजक क्लबका रमेश गुरुङले प्राप्त गरे।
 
सिमरा भेट्रान क्लबको आयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १४ टिमको सहभागिता रहेको थियो। राउतको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन सञ्चारकर्मी प्रदीप गौतमले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.